‘इरान एअर’द्वारा यूरोपका लागि उडान रोक्ने निर्णय

एएफपी, प्रकाशित मिति : २०७६ फाल्गुण २५ आइतबार
तस्बिर : फाइल

तेहरान। इरानी वायुसेवा प्रदायक ‘इरान एअर’ले अर्को सूचना नहुँदासम्मका लागि यूरोपका लागि उडानहरू नगर्ने आइतबार घोषणा गरेको छ। विश्वमा कोरोना भाइरसको सङ्क्रमण भइरहेको समय इरानले उक्त निर्णय लिएपनि यो सङ्क्रमण नियन्त्रणका लागि चालिएको कदम भने नभएको बताइएको।

कोरोना सङ्क्रमणका कारण इरानमा आइतबारसम्म कम्तीमा १९४ व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। इरानी वायुसेवा कम्पनीले आइतबार एक विज्ञप्ति जारी गरी अर्को सूचना नहुँदासम्मका लागि यूरोपका लागि सबै उडान रोक्ने निर्णय सार्वजनिक गरेको हो। यद्यपि इरानले यसलाई कोरोनाभाइरसको महामारी नियन्त्रणको उपायका लागि लिइएको निर्णय नभई यूरोपेली अधिकारीहरूले विनाकारण लगाएको ‘प्रतिबन्ध’पछि चालिएको कदम बताएको छ।

यूरोपेली उड्ययन सुरक्षा निकाय (इएएसए) ले खासगरी एउटा एअरबस ए३२१–२०० र अन्य दुईवटा एअरबस ए३३०–२०० इरान एअरका विमानलाई यूरोपेली आकाश प्रयोग गर्नमा गत फेब्रुअरी ३ देखि रोक लगाएको घोषणा गरेको थियो। ती विमानले अन्तर्राष्ट्रिय वायुसेवा नियम अनुसार उनीहरूलाई अद्यावधिक (सुधार) नगरेका र यूरोपेली आकाश प्रयोग गर्न अयोग्य भएको इएएसएले आरोप लगाएको छ।

स्वीडेनले यही मार्च २ मा एअर इरानलाई दिएका सबै स्वीकृतिलाई अस्थायीरूपमा रद्द गरिएको जनाएको थियो। तर उक्त निर्णयमा तेहरानले कोरोना भाइरसको माहामारीलाई रोक्न इरानले गरेका प्रयास प्रयाप्त नभएकाले भाइरस सङ्क्रमण नभएको उल्लेख गरिएको थियो।

इरानी ध्वजावहाक यस विमान कम्पनीले पेरिस, लण्डन, आर्मस्टर्डम, स्टकहोम, फ्र्याङफर्ट, भियना तथा रोमलगायत यूरोपका धेरैस्थानहरूमा उडान भर्दै आएको थियो।

नयाँ