arrow

रियाल मड्रिड हार्दा बार्सिलोनालाई फाइदा 

logo
प्रकाशित २०७६ फागुन २६ सोमबार
Capture3.JPG

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा उपाधि दावेदार रियाल मड्रिडले हार्दा शीर्ष स्थानको बार्सिलोनालाई फाइदा भएको छ । 

आइतबार रातिको खेलमा रियाल बेटिससँग २–१ गोल अन्तरले पराजित भएपछि रियाल मड्रिडलाई ठूलो धक्का लागेको हो । 

यो खेल जितेको भए रियाल पुनः शीर्ष स्थानमा पुग्ने थियो । हारेपछि बार्सिलोनाले २ अंकको अग्रता बनाउन सफल भएको छ । 

घरेलु मैदानमा बेटिसको लागि डा सिल्भा जुनियर र क्रिकष्टियन टेलोले एक एक गोल गरे ।

मड्रिडका करिम बेन्जमाले पेनाल्टीमार्फत एक गोल फर्काए ।

अन्य खेलको नतिजा
ओसासुना १–० इस्पानियोल
रियाल भल्लाडोलिड १–४ एथलेटिक बिलबाओ
लेभान्ते १–१ ग्रानाडा
भिल्लारियल १–२ लेगानेस

अंक तालिका
२७ खेलबाट ५८ अंकको बार्सिलोना शीर्ष स्थानमा छ । ५६ अंकको रियाल मड्रिड दोस्रोमा छ । तेस्रो स्थानको सेभियाको ४७ अंक छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ