arrow

कोरोनाले रोकिने स्थिति ल्याएन, संक्रमित र मृतक बढे

logo
प्रकाशित २०७६ फागुन २६ सोमबार
coronavirus-molecular.jpg

काठमाडौं । चीनको वुहान सहरबाट फैलिन सुरु गरेको कोरोना भाइरस (कोभिड–१९) ले रोकिने लक्षण ल्याएको छैन । मृतकहरु दिनानुदिन बढेका छन् । 

संक्रमितको संख्या पनि उत्तिकै बढेको छ । सोमबार बिहान ७ः४९ बजेसम्म ३ हजार ८ सय २५ जनाको ज्यान गएको  छ । 

चीनमा सबैभन्दा बढी ३ हजार ९७ जनाको ज्यान गइसकेको छ । इटालीमा ३६६, इरानमा १९४ जनाको ज्यान गएको छ । 

दक्षिण कोरियामा ५०, फ्रान्समा १९, स्पेनमा १७, अमेरिकामा १७ जनाको ज्यान गएको छ । जापान र इराकमा ६–६ जनाको ज्यान गएको छ । अष्ट्रेलिया र हङकङमा ३–३ जनाको मृत्यु भएको छ । 

संक्रमितको संख्या १ लाख १० हजार ३४ जना रहेको छ । चीनमा ८० हजार ७३५ जना रहेका छन् । चीनमा संक्रमितको दर घट्दै गर्दा अन्य देशमा बढेको छ । 

कोरियामा ७ हजार ३ सय ८२, इटालीमा ७ हजार ३ सय ७५, इरानमा ६ हजार ५६६, फ्रान्समा १ हजार २०९ जना संक्रमित छन् । 

जर्मनीमा १ हजार ४० जना संक्रमित छन् । 

अस्पतालबाट अहिलेसम्म संक्रमित मध्ये ६१ हजार ९७७ जना पूर्ण निको भएर घर फर्केका छन् । 

सबैभन्दा बढी निको पनि चीनमै भएका छन् । ४६ हजार ४३३ जना चीनमा निको भएका छन् । 

कोरोना विश्वका १०१ देशमा फैलिसकेको छ । नेपालमा भने एक जनामा मात्र देखिएको छ । उनी निको भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ