arrow

कुम्मायक कुस्सायक गोल्डकपको उपाधि आयोजक सयपत्री रातोलाई

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ वैशाख १० शुक्रबार
foot.jpg.jpeg
पाँचथर । पाँचथरको यासोकमा सम्पन्न प्रथम कुम्मायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबलकाे उपाधि आयोजक सयपत्री रातोले नै कब्जा गरेकाे छ । शुक्रबार भएको फाइनलमा चर्च व्वाइज क्लव काठमाडौं ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक रातोले उपाधि कब्जा गरेको हो । आयोजकलाई दिलेन मोक्तान तामाङले ३९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
 
५२ औँ मिनेटमा सञ्जोक राईले गोल गर्दै अग्रता दोव्बर पारे । अर्का खेलाडी कर्ण लिम्बूले ६८ औँ मिनेटमा गोल गर्दै टिमको जीत सुनिश्चित गरे । चर्च व्वाइजका लागि मार्टिन ५८ औँ मिनेटमा गोल फर्काए । जीतसँगै आयोजकले १ लाख ५० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता चर्च ब्वाइजले ७५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा नेपालका ६ सहित भारत र भुटानका गरी ८ टिमको सहभागिता थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ