arrow

सय वर्षे चिनियाँ वृद्ध संक्रमित कोरोनाबाट बाँचे, स्वस्थ्य भएर फर्के घर

logo
प्रकाशित २०७६ फागुन २६ सोमबार
corona-virus2.jpg

काठमाडौं । चीनको वुहान सहरबाट फैलिन सुरु गरेको कोरोना भाइरस (कोभिड–१९) ले अहिलेसम्म ३ हजार ८ सय २५ जनाको ज्यान गइसकेको छ ।  

चीनमा सबैभन्दा बढी ३ हजार ९७ जनाको ज्यान गइसकेको छ । यो रोग ठूला रोग लागेर निको भएका र बालबालिका तथा वृद्धवृद्धामा अनि जसको इन्युनिटी शक्ति कमजोर छ त्यस्तालाई छिट्टै आक्रमण गर्ने र मृत्यु नै हुने बताइए पनि त्यसलाई चुनौती दिँदै एक चिनियाँ एक सय वर्षका वृद्ध भने संक्रमणबाट समेत निको भएका छन् । 

उनी संक्रमित भएर निको हुने सबैभन्दा वृद्ध समेत बनेका छन् । 

सिन्ह्वा समाचार एजेन्सीका अनुसार उनी वुहानको अस्पतालबाट शनिबार डिस्चार्ज भएका छन् । उनी हुवेइको मेटर्निटी एन्ड चाइल्ड हेल्थ केयर अस्पतालमा २४ फेब्रुअरीमा भर्ना भएका थिए । 

उनी अल्जाइमर, हाइपरटेन्सन र मुटुका बिरामीसमेत हुन् । 

१३ दिनको थेरापीपछि उनी पूर्ण रुपले निको भएको बताइएको छ । 

उनलाई एन्टी भाइरल औषधि दिइएको थियो । त्यस्तै चिनियाँ उपचार, प्लाज्मा ट्रान्सफ्युजन पनि गरिएको थियो । 

संक्रमित ६१ हजार ९ सय ७७ जना निको भएर घर फर्कने क्रममा सय वर्षे वृद्ध पनि निको भएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ