arrow

भारतमा कोरोना भाइरस संक्रमित बढे, कहाँ कति ? 

logo
प्रकाशित २०७६ फागुन २६ सोमबार
corona-india3.JPG

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमित बढेका छन् । आइतबार रातिसम्म भारतमा ४१ जना संक्रमित फेला परेका हुन् । 

सबैभन्दा बढी जयपुरमा १७ जना संक्रमित भएका छन् । १६ जना इटालीबाट आएका थिए भने एक भारतीय ड्राइभर हुन् जसले तिनीहरुलाई घुमाएका थिए । 

आगरामा ६, केरलमा ५, तमिलनाडुमा ३, दिल्लीमा ३ जना संक्रमित रहेका छन् । 

अमृतसर र लद्दाखमा २–२ जना संक्रमित भएका छन् । त्यस्तै गाजियाबाद, गुडगाँव र तेलंगानामा १–१ जना संक्रमित रहेका छन् । 

इरानबाट आएका ४४५ जना पर्यटक अझै नभेटिएकाले तिनीहरुको खोजी जारी रहेको बताइएको छ । 

अरुणाचल प्रदेशमा विदेशी यात्रुलाई छिर्नै प्रतिवन्ध लगाइएको छ । 

दिल्लीमा नमूना पठाइयो

दिल्लीमा आइसोलेसनमा राखिएका व्यक्तिहरुको कोरोना परीक्षणका लागि नमूना पठाइएको छ ।

पहिलो संक्रमित व्यक्ति १०५ जनाको सम्पर्कमा आएको थियो ।

दोस्रो व्यक्ति १६८ तथा तेस्रो व्यक्ति १६४ जनासंग सम्पर्कमा आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ