arrow

कोरोनाबारे सचेतना दिँदै निःशुल्क मास्क वितरण 

logo
प्रकाशित २०७६ फागुन २६ सोमबार
corona-aware.jpg

कोरोनाबारे सचेतना दिँदै निःशुल्क मास्क वितरण 
नवलपुर । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिरहेका बेला पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका दुई युवाहरुले निःशुल्क मास्क वितरण गर्नुका साथै कोरोना भाइरसबारे सचेतना कार्यक्रम गरेका छन् ।

युवाहरुले गत शुक्रबारदेखि सामुदायिक विद्यालयमा निःशुल्क मास्क वितरण गरेका हुन् । हुप्सेकोट गाउँपालिका वडा नं ३, गिरुवारी स्थित सरस्वती मा।वि।का विद्यार्थीहरुलाई करिब ६ सय थान मास्क वितरण एवं कोरोना भाईरसबारे सचेतना कार्यक्रम गरी अभियान सुरु गरेका उनीहरुले शुक्रबार नै बाल कल्याण प्रा बि हुप्सेकोट ०२ कोलिया र आईतबार शान्ति मावि हुप्सेकोट ३ बेलाहानीमा गरी करिब १५०० मास्क निःशुल्क रुपमा वितरण गरिसकेका छन् ।

स्थानिय युवा पिताम्बर कोईराला र अमर गोदारले विश्वभर नै कोरोना भाइरस फैलिएर बिध्यार्थिहरुमा मनोवैज्ञानिक त्रास बढेका बेला स्वास्थ्य प्रति सचेत रहन प्रति विद्यार्थी एउटा मास्क प्रदान गरेको जानकारी दिएका छन् ।

‘कोरोना भाईरस बारे सचेतना वृद्धिका लागि  माक्स बितरण गरिएको हो’, अभियन्ता कोईरालाले भने । 

हुप्सेकोट गाउँपालिकाको समथर क्षेत्रमा (वडा नम्बर १,२,३,४) रहेका सामुदायिक विद्यालयहरुमा मास्क वितरण गर्ने उदेश्य रहेको अर्का युवा अमर गोदारले जानकारी दिएका छन् । उनीहरुले मास्क वितरण गर्दै गर्दा हुप्सेकोट गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा कोरोना भाइरसबारे सचेतना समेत प्रदान गरिएको हुप्सेकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिएका छन् ।  

सापकोटाले कोरोना भाइरस के हो ? यो कसरी सर्दछ ? यसका लक्षण र बच्ने उपायबारे विद्यार्थीहरुलाई सहजीकरण गरेको बताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ