arrow

कोरोनाको कारण देखाउँदै एयरलाइन्स लगायत पर्यटन श्रमिकको कटौती नगर्न यूनिट्राभको चेतावनी

कानूनमाथि धावा नबोल्न पर्यटन श्रमिकको चेतावनी

logo
प्रकाशित २०७६ फागुन २६ सोमबार
unitrav.jpg

काठमाडौं । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको कारण देखाउँदै पर्यटन श्रमिकको कटौती गर्ने केही कम्पनीको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

कोरोनाका कारण दैनिक जीवनयापनमा कठिनाई उत्पन्न भइरहेका बेला एयरलाइन्स लगायत पर्यटन श्रमिकको रोजीरोटी खोस्ने काम कोही कसैले नगर्न संगठनले विज्ञप्तिमार्फत चेतावनी दिएको हो । 

संगठनले विज्ञप्तिमा लेखेको छ, ‘एयरलाइन्स देखि अन्य क्षेत्रमा कर्मचारी कटौती, पारिश्रमिक कटौती, सेवा सुविधामा कटौती देखि बेतलबी बिदा दिनेसम्मका विषय विभिन्न संचारमाध्यमबाट सार्वजनिक भइरहेका छन् । हाम्रो यूनियन यूनिट्राभले यस विषयलाई नजिकबाट नियालीरहेको छ । सतर्कता अपनाउनुभन्दा पनि बढीभन्दा बढी हौवा फिंजाएर पर्यटन क्षेत्रका ट्रेकिङ, ट्राभल्स, एयरलाइन्स, संस्कृति लगायत अन्य क्षेत्रका संघ संस्थाले सामाजिक शुरक्षा र श्रम ऐनले लागु गरेको व्यवस्था विपरित श्रमिक कटौती, बेतलबी बिदा, पारिश्रमिक कटौती र अन्य सेवा सुबिधा कटौती गर्ने एकतर्फी भनाई आएको विषय हाम्रो संगठन यूनिट्राभलाई मान्य हुनेछैन ।’ 

संगठनले कर्मचारी कटौतीदेखि सेवा सुबिधा कटौती गर्नेलाई सचेत गराउँदै लेखेको छ, ‘विश्वव्यापी संकटको बेला नेपाली श्रमिकको दैनिकीलाई अझै संकटमा धकेल्ने प्रयास गरी कोही कसैले श्रमिकको रोजीरोटीमाथि खेलबाड गरेको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्बन्धीत निकायले जिम्मेवारी लिनुपर्नेछ भनी ध्यानाकर्षण गराउँदछौं ।’

अगाडि लेखिएको छ, ‘श्रमिक संगठनको नम्र निवेदनलाई मध्यनजर गर्दै कानूनी विषयमा धावा नबोल्न पनि हामी सबै कम्पनीमाथि सचेत गराउन चाहन्छौं । साथै सरकारले पनि श्रमिकका विषयलाई उच्च प्राथमिकताका साथ लेओस् भन्ने चाहन्छौं ।’ 

संगठनले कोरोनाका कारण पर्यटन क्षेत्रमा पुग्न गएको क्षतिप्रति भने दुःख व्यक्त गरेको छ ।

यस्तो छ यूनिट्राभको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति
विगत एक महिना अगाडि देखि छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिदै आएको सर्वविदितै छ । यसको असर हाम्रो देश नेपालमा पनि परेको छ । विश्व स्वास्थ संगठनले पनि नेपाल उच्च जोखिममा रहेको घोषणा गरेको छ । यतिबेला नेपालमा सुरक्षासँगै नागरिकहरु सतर्क अवस्थामा छन् । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमै सुस्तता छाएको छ । यस्तै सामाजिक क्षेत्रमा पनि निकै ठूलो असर परेको छ । सबै व्यक्तिहरु त्रासमा जीवन बिताइरहेका छन् । कतिबेला के हुन्छ भन्ने डर मात्र छ । कतिपय नेपालीहरु आत्तिएर दैनिक अत्यावश्यक खाद्यान्न, ग्यास लगायतको जोहोमा लागिसकेका छन् । राजनैतिक, सामाजिक जीवनयापन असहज बनेको हास्रो संगठन यूनिट्राभले महशुस गरेको छ । सबैभन्दा बढी पर्यटन क्षेत्रमा यसको असर छ । पर्यटकरुले धमाधम बुकिङ रद्ध गरिरहेका छन् । एक अर्का देशमा आवतजावत बन्द भएको छ । भिडभाडमा नजान सबैलाई आग्रह गरिएको छ । यसले पर्यटनमै निर्भर भएर जीवनयापन गर्दै आएका हाम्रो संगठनसँग आश्रित हजारौ श्रमिकको गाँस, बाँस, कपाश नै खोसिने अवस्था सिर्जना भएको छ । पर्यटन श्रमिकहरु रोजगारीबाट वञ्चित हुन पुगेका छन् ।  यस्तो अवस्थामा ट्रेकिङ, ट्राभल, एयरलाइन्स, कुरियर, कार्गो, संस्कृति, पुरातत्व लगायत सबै क्षेत्रमा असहज परिस्थिति आएको हाम्रो संगठनले महशुस गरेको छ । कोरोनाकै कारण देखाउँदै केही एयरलाइन्स देखि अन्य क्षेत्रमा कर्मचारी कटौती, पारिश्रमिक कटौती, सेवा सुविधामा कटौती देखि बेतलबी बिदा दिनेसम्मका विषय विभिन्न संचारमाध्यमबाट सार्वजनिक भइरहेका छन् । हाम्रो यूनियन यूनिट्राभले यस विषयलाई नजिकबाट नियालीरहेको छ । सतर्कता अपनाउनुभन्दा पनि बढीभन्दा बढी हौवा फिंजाएर पर्यटन क्षेत्रका ट्रेकिङ, ट्राभल्स, एयरलाइन्स, संस्कृति लगायत अन्य क्षेत्रका संघ संस्थाले सामाजिक शुरक्षा र श्रम ऐनले लागु गरेको व्यवस्था विपरित श्रमिक कटौती, बेतलबी बिदा, पारिश्रमिक कटौती र अन्य सेवा सुबिधा कटौती गर्ने एकतर्फी भनाई आएको विषय हाम्रो संगठन यूनिट्राभलाई मान्य हुनेछैन । विश्वव्यापी संकटको बेला नेपाली श्रमिकको  दैनिकीलाई अझै संकटमा धकेल्ने प्रयास गरी कोही कसैले श्रमिकको रोजीरोटीमाथि खेलबाड गरेको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्बन्धीत निकायले जिम्मेवारी लिनुपर्नेछ भनी ध्यानाकर्षण गराउँदछौं । श्रमिक संगठनको नम्र निवेदनलाई मध्यनजर गर्दै कानूनी विषयमा धावा नबोल्न पनि हामी सबै कम्पनीमाथि सचेत गराउन चाहन्छौं । साथै सरकारले पनि श्रमिकका विषयलाई उच्च प्राथमिकताका साथ लेओस् भन्ने चाहन्छौं ।


                                             सुमनप्रसाद पराजुली
                                                    अध्यक्ष
                                                    यूनिट्राभ

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ