arrow

कहिले छुट्लान चर्चित खेलाडी रोनाल्डिन्हो ?

logo
प्रकाशित २०७६ फागुन २६ सोमबार
ronaldinho-passport1.jpg

काठमाडौं । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उनका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गरेका छन् । क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गरेका छन् ।

रोनाल्डिन्हो ब्राजिल राष्ट्रिय टिमका पूर्वफुटबल खेलाडी हुन् । लाइसेन्सबिना नै पोखरीमा माछा मार्न थालेपछि उनले जरिवानसहित  २०१८ मा पासपोर्ट खोसिएको थियो । अदालतले दुवै दाजुभाइलाई नै कार्बाही गरेको थियो  । उनीसँग अहिले पार्सपोर्ट छैन ।  यसकारण पार्सपोर्ट बिना उडानमा हुने जोखिमले पाराग्वेमै राख्न आदेश दिइएको बताइएको छ ।

पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिन्हो र उनका भाइ रोबेर्टोलाई पक्राउ गरिएको थियो । पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन् । उनीहरु दुबै जना यही मामिलामा विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन् । रोनाल्डिन्होले भने रिहाइको माग गरेका थिए। पाराग्वेको कानून अनुसार अनुसन्धानका लागि ६ महीना लाग्न सक्ने बताइएको छ।

वकील क्वीरोजले भने, “रोनाल्डिन्होले कुनै अपराध गर्नु भएको छैन किनभने उहाँलाई दिइएको पासपोर्ट नक्कली हो भन्ने उहाँलाई पनि थाहा थिएन ।” पाराग्वेका अधिकारीहरुले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको र न्यायाधीशले पनि उनीप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन् ।

रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट गत बुधबार पाराग्वे आइपुगेका थिए । विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए । यसअघिको लफडामा दाजुभाइबाट ८५ करोड डलर जरिवाना असुल गरिएको थियो । साथै उनीहरुको पासपोर्ट खोसेर विदेश जान रोक लगाइएको थियो । सन् २०१५ मा पनि ब्राजिल उनको कागजात र अदालती प्रकृयालाई लिएर विवाद भएको थियो। सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा महत्वपूर्ण खेलाडीका रुपमा रोन्हाल्डिनो पनि एक थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ