arrow

मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लब पोखरा कपको उपाधिकालागि भिड्दै

logo
प्रकाशित २०७३ वैशाख ११ शनिबार
Nabayog-Shrestha.jpg.jpeg
पोखरा। लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच शनिबार अपराह्न ३ बजे पोखरा रङ्गशालामा उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । 
 
कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा गत चैत ३० गतेदेखि सुरु भएको मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत मनाङ मस्र्याङ्दीले यही वैशाख ७ गते एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले धरान ११ लाई वैशाख ८ गते पराजित गर्दै दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । 
 
सहारा क्लब पोखराले गत माघ ५ गतेदेखि सञ्चालन गरेको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम खेलमा पनि यी दुवै टोलीबीच प्रतिस्पर्धा भएको थियो । माघ १६ गते भएको फाइनल खेलमा मनाङ मस्र्याङ््दीले त्रिभुवन आर्मीलाई १–० ले पराजित गर्दै विजेता बनेको थियो । 
 
यो प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता टोलीले रु दुई लाख ५५ हजार ५५५, सिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछन् । प्रतियोगितामा भारतको उडिसा फायो एकेडेमी सहित नेपालका ए डिभिजनका ११ टोलीसहित १२ टोलीको सहभागिता छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ