arrow

आईपीएल क्रिकेट: कोहलीको बेंगलोरले धोनीको पुणेलाई हरायो

logo
प्रकाशित २०७३ वैशाख ११ शनिबार
IPL_Divilliers.jpg.jpeg
काठमाडौं। रोयल च्यालेन्जर्स बेंगलोरले राईसिङ पुणे सुपरजान्ट्सलाई १३ रनले पराजित गरेको छ। भारतका टि-२० कप्तान महेन्द्र सिंह धोनीको पुणेलाई भारतका टेष्ट कप्तान विराट कोहलीको बेंगलोरले पराजित गरेको हो। 
 
टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १८५ रन बनाएको थियो। कप्तान कोहलीले ८० र दक्षिण अफ्रिकी खेलाडी डिविलयर्सले ८३ रन बनाएका थिए। 
 
कोहलीले ६३ बलमा २ छकका र ७ चौका प्रहार गरेका थिए भने डिविलियर्सले ४६ बलमा ४ छख्का र ६ चौकाको मदतले उक्त रन  बनाएका थिए। 
 
पुणेकालागि थिसारा परेराले ३ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको पुणेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सकेको थियो। यो रन हार बचाउन पर्याप्त रहेन। 
 
पुणेकालागि अजंके रहाणेले ६० रन बनाएका थिए।कप्तान धोनीले ३८ बलमा ४१ रनको योगदान दिएका थिए। थिसारा परेराले १३ बलमा ३ छक्का र ३ चौकाको मदतले ३४ रन बनाएका थिए। उनले हर्सल पटेलको १ ओभरमा २४ रन बनाउँदै एक समय पुणेलाई जीतको संभावना देखाएका थिए। 
 
बेंगलोरकालागि शेनवाटसनले २ विकेट लिएका थिए। उनले परेराको विकेट लिएर बेंगलोरलाई केलमा फर्काएका थिए। त्यसैगरि केन रिचर्डसनले ३ विेकट लिएका थिए। 
 
खेलका प्लेयर अफ द म्याच एबी डिविलियर्स घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ