arrow

लेबनानद्वारा केही अरबी मुलुकमा उडान रोक्ने घोषणा

logo
सिन्ह्वा,
प्रकाशित २०७६ फागुन २६ सोमबार
Syria_Lebanon_Israel_Map.jpg.jpeg

बेरूत। लेवनानको राष्ट्रिय ध्वजावहाक विमान कम्पनीद्वारा साउदी अरब, कुबेत र कतारका लागि भर्दै आएका उडान अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ। कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी रूप लिँदै गएपछि लेवनानले यो निर्णय लिएको यहाँको टेलिभिजन च्यानल एलबीसीआईले कम्पनीका अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ।

उक्त विमान कम्पनीले उडान रोक्ने निर्णय हुनुभन्दा पहिले नै बेचिएका मार्च ३१ सम्मका टिकटको पैसा फिर्ता गर्ने वा पुनः त्यसपछि गर्न सकिने उडानका लागि मिलान गर्ने बताएको छ। यसअघि लेबनानका लागि साउदी अरबका राजदूत वालिद अल–बुखारीले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बनिरहेका समय आफ्नो देशले लेबनानसँगको सामुद्रिक तथा हवाई यात्रामा रोक लगाउने बताएका छन्।

लेवनानमा सोमबारसम्ममा ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ