arrow

ग्रीसमा बेसहारा बनेका एक हजारभन्दा बढी बालबालिकालाई जर्मनीले शरण दिने

logo
सिन्ह्वा,
प्रकाशित २०७६ फागुन २६ सोमबार
greece-child-refugee.jpg

बर्लिन। जर्मनीको अनुदारवादी दलहरूको गठबन्धन (सीडीयू-सीएसयू) र समाजवादी प्रजातान्त्रिक दल (एसपीडी) ले ग्रीसका शरणार्थी शिविरमा बेसहारा बनेका करिब एक हजारदेखि एक हजार ५०० बालबालिकालाई शरण दिने सोमबार निर्णय गरेको छ। जर्मनीको सरकारमा गठबन्धन दलले भनेको छ, “अधिकांश १४ वर्षमुनिका बालिका रहेका भनिएको बेसहारा बालबालिकालाई ग्रीसले यस कठीन अवस्थामा मानवीय सहयोग पुर्‍याउनुपर्ने थियो।”

सत्ताधारी दलहरूको गठबन्धन समितिले बताए अनुसार ती १४ वर्षमुनिका बालबालिका गम्भीर विरामी परेको अवस्थामा छन् वा अविभावकबाट छुटेको अवस्थामा बेसहारा बनेका छन्।

यसका लागि जर्मनीले यूरोपेली मापदण्ड अनुसार यूरोपेली संघमा छलफल र आवश्यक प्रक्रियापछि जर्मनीको चाहना अनुरूप शरणार्थी प्रक्रियामा सामेल गरिनेछ। यूरोपेली मुलुकहरूले चाहेमा ईयूमा छलफल नै नगरी पनि मानवीय सहयोगका लागि शरण दिन भने कुनै रोकतोक छैन।

गत हप्ता जर्मनीका विभिन्न सात सहरका नगर प्रमुख र लोअर स्याक्सोनीका आन्तरिक मन्त्री बोरिस पिस्टोरियसले जर्मन सरकारलाई एक खुलापत्र लेखी ग्रीसको शरणार्थी शिविरमा वेसहारा बनेका बालबालिकालाई यथासम्भव छिटो सहारा दिन आग्रह गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ