arrow

दिपक मल्होत्राले एक सातामा पाँच लाख मास्क बनाउँदै, सस्तोमा पाइने  

logo
प्रकाशित २०७६ फागुन २६ सोमबार
dipak-malhotra.jpg

काठमाडौं। व्यवसायी दिपक मल्होत्राले एक सातामा पाँच लाख मास्क बनाउने भएका छन्। विश्वभर कोरोना भाइरसको संक्रमण देखिँदै गर्दा मल्होत्राले त्यसको जोखिम कम गर्न प्रयोग गरिने मास्कको उत्पादन गर्न लागेका हुन्। नेपाल चेम्बर अर्फ कर्मस र सरकारको सहयोगमा मल्होत्राले सातामा पाँच लाख मास्क उत्पादन गर्ने सक्ने क्षमताको मेसिन ल्याएर उत्पादन सुरु गर्न लागेको जानकारी दिएका हुन्। 

उनले सहुलियत दरमा मास्कसमेत उपलब्ध गराउने बताएका छन्। केही दिनअघि मात्रै चेम्बरले मल्होत्राको संयोजकत्वमा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारलाई सहयोग गर्न कमिटी समेत गठन गरेको थियो। सोही कमिटीले दिएको सुझावका आधारमा मल्होत्राले मास्क बनाउने मेसिन नेपाल ल्याउने भएका हुन्। मल्होत्राका अनुसार मास्क उत्पादन गर्ने मेसिन केही दिनमै आउँदैछ। 

मेसिन र कच्चा पदार्थ भारतबाट नेपाल ल्याउने क्रम सुरु भइसकेको जनाइएको छ। उनले उक्त मेसिनबाट निर्मित मास्क बजारमा पाउने मुल्यमा निकै फरक पर्ने दावी पनि गरेका छन्। यसका लागि आवश्यक मेसिनमा सरकारसँग केही छुट नलिने र कच्चा पदार्थ आयातमा भने भन्सार छुट लिने गरी काम अगाडि बढाउन लागेको बुझिएको छ। 

प्रति मास्क ६ देखि ७ रुपैयाँ लागत परे पनि उपभोक्तालाई सकेसम्म ५ रुपैयाँमा नै उपलब्ध गराउने लक्ष्य रहेको उनको भनाइ छ। यसबाहेक पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान दुवै कक्षमा निः शुल्क यात्रुलाई वितरण हुनेसमेत बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ