arrow

धोनीको भारतीय टिममा फर्किने सम्भावना के छ ? 

logo
प्रकाशित २०७६ फागुन २६ सोमबार
dhoni3.jpeg

काठमाडौं । । गत वर्षको विश्वकप एक दिवसीय क्रिकेटमा न्यूजिल्याण्डसंग सेमिफाइनलमा पराजित भएपछि मैदानमा नउत्रिएका भारतीय विकेटकिपर एवं पूर्व कप्तान महेन्द्र सिंह धोनीको पुनः कमब्याक गर्ने सम्भावनालाई लिएर विभिन्न आशंकहरु पैदा भएका छन् । 

धोनीलाई राष्ट्रिय टिममा फर्काउने बारेमा विभिन्न सर्तहरु समेत राखिएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को राष्ट्रिय चयन समितिको अध्यक्षमा दुई जना नयाँ सदस्य समावेश गरिएपछि धोनको बारेमा प्रश्न थप उब्जिएको छ । 

बीसीसीआईले धोनीलाई राष्ट्रिय टिममा ल्याउन आसन्न आईपीएल टी–२० क्रिकेटमा राम्रो प्रदर्शन गर्नुपर्ने सर्त तेस्र्याएको हो । आईपीएल यही मार्च २९ तारिखदेखि सुरु हुँदैछ ।

आईपीएलका लागि धोनीले चेन्नई सुपर किङ्ग्सबाट तयारी सुरु गरिसकेका छन् । 

गत जनवरीमै पूर्व प्रमुख चयनकर्ता एमएसके प्रसादले आइपीएलमा राम्रो प्रदर्शन गरे मात्र भारतीय टिममा फर्किन सक्ने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ