arrow

प्रेमको शब्दमा सुनिताको ‘यो मन’ 

logo
प्रकाशित २०७६ फागुन २७ मंगलबार
sunita-kutwal-singer.jpg

काठमाडौंं । संचारकर्मी प्रेम अधिकारीको शब्द र गायीका सुनिता कटुवालको स्वर रहेको ‘यो मनले त्यो मनलाई’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । 

दर्जनौं गीत बजारमा ल्याएर चर्चा कमाई सकेकी सुनिताले ‘यो मनले त्यो मनलाई’ बोलको आधुनिक गीतको भिडियो यूटुव मार्फत सार्वजनिक गरेकी हुन् । गायीका कटुवालले गीत सबै स्रोता, दर्शकले मनपराउने बताइन् ।
संचारकर्मी प्रेम अधिकारीको शब्द तथा बलराम समालको संगीत रहेको उक्त गीत पूर्वमै छायाङ्कन गरिएको छ ।

भिडियोमा समिर, बसन्त, सुधामा, सुस्मिता र अस्मिताले अभिनय गरेका छन् । बसन्त राईको सम्पादन रहेको उक्त भिडियोलाई भिडियोलाइ श्री कुमार साम्पाङले निर्देशन गरेका छन् । 

इटहरीबाट संचालित  पाथीभरा रेर्कडिङ स्टुडियो तथा निषाद संगीत बिद्यालयको संचालक समेत रहेकी गायीकाले इटहरीलाई कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा संर्घष गरीरहेकी छन् । इलामबाट पत्रकारिता गर्दै आएका संचारकर्मी अधिकारीको शब्द रहेका १ दर्जन बढी गीत बजारमा आईसकेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ