arrow

कोरोनाः संक्रमित भन्दा निको भएर फर्कनेको संख्या बढ्दै 

logo
प्रकाशित २०७६ फागुन २७ मंगलबार
corona-patient.jpg

काठमाडौं । चीनको वुहानबाट फैलिन थालेको कारोना भाइरस (कोभिड–१९) विश्वका एक सय १२ देशमा पुगिसकेको छ । 

धेरै देशमा फैलिए पनि यसको असर बिस्तारै कम हुँदै गएको छ । अहिलेसम्म ४ हजार १२ जनाको ज्यान गएको छ । 

चीनमा सबैभन्दा धेरेको मृत्यु भएको छ । इटालीमा भने मृतक बढिरहेका छन् । ४६३ जनाको ज्यान गइसकेको छ । 

संक्रमितको संख्या १ लाख १३ हजार ६०५ पुगेको छ । चीनमा मात्रै संक्रमितको संख्या ८० हजार ७ सय ५४ पुगे पनि ५० हजार भन्दा बढी निको भएर घर फर्किसकेका छन् । 

इटालीमा संक्रमित ९ हजार १७२ जना छन् । जहाँ एक करोड ६० लाखलाई क्वारेन्टाइनमा राखिएको छ । 

इरानमा २३७ जना मर्दा ७ हजार १६१ जना संक्रमित छन् । 

दक्षिण कोरियामा ५३ जनाको ज्यान जाँदा ७ हजार ४ सय ७८ जना संक्रमित छन् । 

इरानबाट २ हजार ३९४ जना निको भएर फर्केका छन् । इटालीमा ७२४ जना घर फर्केका छन् । 

चीनमा संक्रमित हुनेको संख्या घट्दै जाँदा निको भएर फर्कने बढ्दै गएका छन् । तर इटालीमा भने संक्रमण नियन्त्रणमा आउन केही समय लाग्ने देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ