arrow

महामुर्खको उपाधि पाएर दंग मुख्यमन्त्री, मनिष सुमन पटमुर्ख, रामआशिष हराशंख

प्रधानमन्त्री ओली मधेशलाई कसरी फुट गराइरहेका छन् भन्ने शीर्षकको हास्य नाट्य मंचन

logo
निरंजन कुमार साह, 
प्रकाशित २०७६ फागुन २७ मंगलबार
mahamurkha-janakpur.JPG

जनकपुरधाम । हिन्दुहरुको महापर्व होलीको अवसरमा जनकपुरधाम स्थित मिथिला नाट्यकला परिषद मिनापद्वारा होली पर्वको पुर्व सन्ध्यामा आयोजित महामूर्ख सम्मेलनमा प्रदेश नम्बर २ का  मुख्यमन्त्री लालबाबु  राउतलाई महामूर्खको हास्य उपाधिबाट सम्मानित  गरिएको छ । 

सोमबार मुख्यमन्त्री राउतलाई फर्सीको टोपी र घिरौला लगायतका तरकारीको माला लगाई महामूर्ख सम्मानपत्र सहितबाट  सम्मान गरिएको हो । 

मुख्यमन्त्रीसंगै  प्रदेश  सांसद मनिष सुमनलाई पटमुर्ख, राजपा नेपाल का प्रमुख सचेतक  परमेश्वर साहलाई भभकैवा, रामचन्द्र मण्डललाई सिलौट शंकर र रामआशिष यादवलाई हराशंखको उपाधि दिएका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘यो क्षण मेरो लागि अविस्मरणीय रहेको छ । किनकी आजसम्म म कतैपनि महामुर्ख बनेको थिइन । यहाँ आएर महामुर्खको उपाधि पाएर आफू गौरवान्वित भएको छु ।

त्यसैगरी सो महामूर्ख सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता मिश्रलाई टुनमुसरी, साहित्यकार रोशन जनकपुरीलाई बैलघोगना, वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका निर्देशक बलराम ठाकुरलाई खेसारी लाल, पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम रौनियारलाई खाबसुरतको उपाधि दिइएका हुन् ।

त्यस्तै प्रधानाध्यापक बलिराम साहलाई बज्रकीट, कवित्री पूनम मिश्रलाई अदलबदली, रामानन्द युवा क्लबका पुर्व अध्यक्ष जीवनाथ चौधरीलाई घर घुसना, नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रलाई लोहाशंकर र युवा अभियन्ता शुशिल कर्णलाई वंशकुरहरको उपाधी दिइएको छ । 

महामुर्ख सम्मेलनमा विशिष्ट व्यक्तिहरुलाई विभिन्न हाँस्य उपाधी दिएसंगै कविता वाचन र होलीको लोकगीत र होरैया गीत समेत प्रदर्शन गरिएको छ ।

कार्यक्रमको उद्घाटन प्रदेशका मन्त्रीहरु महिलाप्रति आकर्षित हुने गरेको र प्रधानमन्त्री केपी शर्मा ओली मधेशलाई कसरी फुट गराइरहेको रहेको शिर्षकको हास्य नाट्य मंचनबाट गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ