arrow

पोखराका तीन सय बढी लालपुर्जा भएका स्थानीयले पाएनन् जग्गा उपभोग गर्न

logo
प्रकाशित २०७६ फागुन २७ मंगलबार
pokhara-2.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ लामतराका करिब ३ सय सर्वसाधारणले जग्गा हालसाबिक नहुदा आफुहरुलाई मर्का परेको गुनासो गरेका छन् ।

लालपुर्जा भएको जग्गा नापी कार्यलयले नापेर हालसाबिक नगरेपछि ३ सय भन्दा बढी सर्वसाधारणहरु यतिबेला मर्कामा परेका छन् । पोखरा महानगरपालिका वडा नं. १७ लामतरामा लालपुर्जा भएको जग्गा उपभोग गर्न नपाएपछि ३ सय बढी स्थानीयहरु पिडित मात्र भएका छैनन् उनिहरु राज्यप्रति आक्रोसित पनि भएका छन् ।

विगत २५ वर्ष देखि बस्दै आएको ठाउँमा आफुहरुको लालपुर्जा भएपनि नापी कार्यालयले हालसाबिक गर्न नमानेपछि अहिले जग्गा छ तर आफ्नो जग्गाको कित्ता यकिन भएको छैन । सो जग्गा प्रयोग गरेर कुनै पनि व्यापार व्यवसाय गर्न पाइएको छैन । बनेका घर बनीसके तर नयाँ बनाउन जग्गा हालसाबिक नभएकै कारण बनाउन पाइएको छैन ।

यहि विषयलाई लिएर स्थानीयहरु स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा कुमारी अर्याललाई समेत अवगत गराएका छन् । स्थानीयसंग मन्त्री अर्यालले  मालपोत र नापी कार्यालयको समन्वय गरेर स्थानीयको समस्या समाधान गर्नुपर्ने बताइन्। समस्यालाई न्यारोडाउन गर्न मन्त्री अर्यालले निर्देशन दिएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ