arrow

राष्ट्रपति सीद्वारा वुहानवासी, अग्रमोर्चामा काम गर्ने अधिकारीसँग भेट

logo
सिन्ह्वा,
प्रकाशित २०७६ फागुन २७ मंगलबार
xi-jingping.jpg

वुहान, चीन। चीनका राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीनमा कोरोना भाइरसको सङ्क्रमणको माहामारी फैलिएको सहर वुहानका वासिन्दा र सङ्क्रमण नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने अधिकारीहरूलाई भेट गरेका छन्।

विश्व स्वास्थ्य संगठनद्वारा कोभिड–१९ नाम दिइएको उक्त भाइरसको सङ्क्रमणका कारण चीनमा मङ्गलबारसम्ममा तीन हजार १३६ जनाको मृत्यु भएको छ। राष्ट्रपति सीले भ्रमण गरेको हुबेई प्रान्तको राजधानी वुहान कोभिड–१९ को सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित स्थान हो।

राष्ट्रपति सीले प्रकोप रोकथाम तथा नियन्त्रण परीक्षण केन्द्र, ह्वो शन शान  अस्पतालको निरीक्षण भ्रमणपछि प्रकोप नियन्त्रणका शिलशिलामा क्वारेन्टिनमा बसेका स्थानीयसँग पनि भेटगरी जानकारी लिएका थिए।

चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय महासचिवसमेत रहेका राष्ट्रपति सीले वुहान स्थानीय समुदायले भाइरस सङ्क्रमण नियन्त्रणका लागि गरेका पहलहरूबारे जानकारी लिएका थिए। उनले स्थानीय र अग्रपङ्तिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य सरकारी कर्मचारी तथा स्वयंसेवक र संघसंस्थालाई प्रकोप नियन्त्रणका लागि गरेको पहलका लागि आभार व्यक्त गरे।

उनले त्यहाँ अस्पतालको सञ्चालन, बिरामीको उपचार, चिकित्साकर्मीको संरक्षण र प्रत्याभूति, वैज्ञानिक अध्ययन आदि अवस्थाबारे जानकारी लिएर उपचाररत बिरामीप्रति सहानुभूति प्रकट गरेका थिए।

राष्ट्रपति सीले कोभिड–१९ विरुद्धको काममा खटिइरहेका चिकित्साकर्मीलाई हौसला दिँदै सबैले दृढविश्वासका साथ भाइरस विरोधी लडाइँ जित्नुपर्ने पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ