arrow

श्रीलङ्कामा खडेरी : करिब तीन लाख व्यक्ति प्रभावित

logo
सिन्ह्वा,
प्रकाशित २०७६ फागुन २७ मंगलबार
sri-lanka-drought.jpg

कोलोम्बो, श्रीलङ्का। श्रीलङ्कामा प्रचण्ड खडेरीका कारण करिब तीन लाख व्यक्तिको दैनिकी निकै कठिन बनेको राष्ट्रिय विपत व्यवस्थापन केन्द्रले मङ्गलबार जानकारी गराएको छ। श्रीलङ्काको मौसम विज्ञान महाशाखाले आगामी केही हप्तासम्म पानी पर्ने सम्भावना नदेखिएको बताएको छ। 

अधिकारीहरूले दिएको जानकारीमा यहाँको पश्चिमी प्रान्तका करिब ५३ हजार परिवारमा जारी खडेरीको प्रभाव परेको र यसका कारण यहाँ खाने पानीको समेत अभाव भएको उल्लेख छ। खडेरीको प्रभाव पशिच्मी प्रान्तबाहेक मध्य दक्षिणी क्षेत्रका उच्च पहाडी भेक कान्डी र रतनपुरा तथा उत्तरपश्चिमी पुट्टालम राज्यमा पनि परेको बताइएको छ।

महाशाखाले आगामी केही हप्तासम्म श्रीलङ्काका पश्चिमी, उत्तरपश्चिमी र दक्षिणी प्रान्तहरूका ११ जिल्लामा निकै सुख्खा तथा अत्यधिक गर्मी मौसम रहने जनाएको छ ।श्रीलङ्काका कतिपय स्थानमा आगामी केही दिनमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमामन महाशाखाले गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ