arrow

सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा

logo
एएनआई,
प्रकाशित २०७६ फागुन २७ मंगलबार
congresss-madhya-_pradeshmla-mla-regine.jpg

भोपाल, मध्य प्रदेश। मध्यप्रदेशमा भारतीय कांग्रेसको तर्फबाट लामो समय मध्य प्रदेशमा नेतृत्वदायी भूमिकामा रहेका ज्योर्तिआदित्य सिन्धियाद्वारा मङ्गलबार राजीनामा दिएका छन्। सिन्धयाको राजीनामासँगै यस राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने १९ सांसदसहित राज्य सरकारका थप छ मन्त्रीले पनि राजीनामा गरेका छन्।

सिन्धियाले अब अघि बढ्ने समय भएको भन्दै राजीनामाको घोषणा गरेक छन्। निकट मानिने सांसदहरूले आफूहरू कमलनाथ नेतृत्वको सरकारबाट बाहिरिने घोषणासँगै उनको राजीनामा आएको हो। “सुरूदेखि नै मेरो चाहना मध्य प्रदेशका साथै समग्र भारतका जनताको सेवा गर्नु रहेको छ। मेरो विचारमा कांग्रेसमा बसेर यो सम्भव छैन त्यसैले मैले राजिनामा दिएको छु,” उनले राजीनामामा भनेका छन्।

सोमबार राति बसेको प्रदेश सरकारको बैठकमा मध्यप्रदेशका १९ मन्त्रीले मुख्यमन्त्री कमलनाथलाई राजीनामा बुझाएका थिए। मुख्यमन्त्रीले उनीहरूको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका कांग्रेस स्रोतले बताएको छ।

यसअघि सोमबार दिगविजय सिंगसहितका कांग्रेस नेताहरूले भारतीय जनता पार्टीले केही सांसदलाई किनेको र कमलनाथ नेतृत्वको मध्य प्रदेशको सरकारलाई ढाल्ने षडयन्त्र गरेको आरोप लगाएका थिए। मध्य प्रदेशमा कांग्रेसले कमलनाथको नेतृत्वमा सरकार बनाएपछि पार्टीमा आन्तरिक कलह बढेको थियो।

कांग्रेसबाट राजीनामा दिनुअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा केन्द्रीय गृहमन्त्री अमित शाह पनि सहभागी थिए। उनीहरूबीच भेटमा के कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन। अब मध्य प्रदेशको कमलनाथ सरकार संकटमा फसेको छ। यसैबीच मुख्यमन्त्री कमलनाथको घरमा कांग्रेसको आपत्कालिन बैठक अहिले बसेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ