arrow

नीर शाहको स्थानमा हरिवंश आचार्य नियुक्त

logo
प्रकाशित २०७६ फागुन २७ मंगलबार
nir-hari.jpg

काठमाडौं । बरिष्ठ कलाकार नीर विक्रम शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षकबाट कार्य व्यस्तताका कारणले दिएको राजीनामा स्वीकृत भएको छ । संघको बुधबारका बसेको कार्यसमितिको बैठकले राजीनामा स्वीकृत गरेको हो ।

वैठकले नेपाल चलचित्र कलाकार संघको स्थापनाकाल देखि नै पुर्‌याएको क्रियाशीलता एवं योगदानको स्मरण गर्दै उनले आफ्नो कार्यकालमा दिएको योगदानलाई धन्यवाद दिने पनि निर्णय गरेको छ ।

साथै उक्त वैठकले संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी विशिष्ट कलाकर्मी  हरिवंश आचार्यलाई संरक्षकमा नियुक्त गरेको छ ।

नव नियुक्त संरक्षक पदावधी वर्तमान कार्यसमितिको कार्यकाल सम्म रहने छ ।

नव नियुक्त संरक्षक  हरिवंश आचार्य विगत ४ दशक भन्दा बढी समय देखि नेपाली कला, संस्कृति, रंगमञ्च, नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्वद्र्धन तथा नेपाल चलचित्र कलाकार संघको स्थापनाकाल देखि चलचित्र क्षेत्रको उत्थानमा क्रियाशील कलाकर्मी हुन् । संघको वैठक अध्यक्ष  रविन्द्र खड्काको अध्यक्षतामा बसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ