arrow

कारोना भाइरसः संक्रमित एक लाख १६ हजार, निको हुने ६४ हजार 

logo
प्रकाशित २०७६ फागुन २७ मंगलबार
coronavirus-molecular.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट मंगलबार रातिसम्म मृत्यु हुनेको संख्या ४ हजार ९० पुगेको छ । 

कोरोना ११७ देशमा फैलिएको छ । १ लाख १६ हजार ३५८ जना संक्रमित भएका छन् भने ६४ हजार ३९१ जनालाई निकोसमेत भएको छ । 

चीनमा मात्रै मृत्यु हुनेको संख्या ३२ सय पुगेको छ । संक्रमित ८० हजार ७५७ जना छन् । तर निको हुने ५५ हजार बराबर छन् । 

इटालीमा मृत्यु हुनेको संख्या ४६३ पुगेको छ भने ९ हजार १७२ जना संक्रमित छन् । जम्मा ९२७ जना मात्रै निको भएर घर फर्केका छन् । 

इरानमा २९१ जनाको ज्यान गएको छ भने दक्षिण कोरियामा ५४ जनाको ज्यान गएको छ । स्पेनमा ३५ तथा फ्रान्समा ३० जनाको ज्यान गएको छ । 

इरानमा ८ हजा।र ४२ तथा दक्षिण कोरियामा ७ हजार ५१३ जना संक्रमित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ