arrow

कोरोना भाइरसः ११५ देशमा, चीनमा संक्रमित घट्दो, इटालीमा बढ्दो

logo
प्रकाशित २०७६ फागुन २८ बुधबार
corona-xi.JPG

काठमाडौं । चीनको वुहानबाट अढाइ महिनाअघिदेखि फैलिन थालेको कोरोना भाइरस (कोभिड–१९)  चीनमा नियन्त्रणतिर आए पनि इटाली र इरानमा भने बढ्दै गइरहेको छ । 

बुधबार बिहानसम्म ११५ देशमा कोरोना फैलिसकेको छ । अहिलेसम्म ४ हजार २६२ जनाको मृत्यु भएको छ । 

पछिल्लो समय चीनमा मृतक र कोरोना संक्रमितहरु कम हुँदै जाँदा इटालीमा भने बढेको बढ्यै छन् । 

इटालीमा मंगलबार रातिसम्म ४६३ जनाको ज्यान गएकामा अहिले त्यो संख्या ६३१ पुगेको छ । 

संक्रमितको संख्या १० हजार १४९ पुगेको छ । चीनमा भने ८० हजार ७५८ संक्रमित छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङ उदगम स्थल वुहान पुगेर मंगलबार कोरोना नियन्त्रणमा आएको ंसंकेत गरेका छन् । 

उनले उद्घोष गर्नमात्र बाँकी रहेको तर्क गरिएको छ । इटालीले देशका सबै नागरिकलाई क्वारेन्टाइनमा राखेको जनाएको छ । 

इटालीपछि सबैभन्दा बढी इरानमा २९१ जनाको ज्यान गएको छ । कोरियामा ५४, स्पेनमा ३५, फ्रान्समा ३३, अमेरिकामा २३, जापानमा १० जनाको मृत्यु भएको छ । 

इरानमा ८ हजार ४२ संक्रमित छन् । कोरियामा ७ हजार ५१३ जना संक्रमित छन् । 

छिमेकी भारतमा ६१ जना संक्रमित भएका छन् । 

नेपालमा एक जना संक्रमितलाई निको भएको छ । अन्यलाई देखिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ