arrow

भारतमा एकैदिन कोरोना भाइरसका १४ नयाँ संक्रमित

logo
प्रकाशित २०७६ फागुन २८ बुधबार
corona-india.JPG

काठमाडौं । चीनको वुहानबाट अढाइ महिना अघिदेखि फैलिन थालेको कोरोना भाइरस (कोभिड–१९) ले भारतमा पनि संक्रिमत बढ्दै गएका छन् । 

भारतमा अहिलेसम्म ६१ जना संक्रमित देखिएका छन् । मंगलबारमात्रै १४ नयाँ संक्रमित देखिएका छन् । 

यो क्रम तीव्र हुँदै गएको भन्दै भारत सरकारले चिन्ता व्यक्त गरेको छ । पहिलो पटक २ जना संक्रमितको उपचारका लागि भारतमा एन्टी एचआइभी औषधिको प्रयोग गरिएको छ । 

इरानबाट ५८ भारतीयलाई भारत ल्याइएको छ । ती सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ । 

केरलमा ७ कक्षासम्मको परीक्षा स्थगित गरिएको छ । ३१ मार्चसम्म विदेशी पानीजहाजलाई पनि भारत छिर्न रोक लगाइएको छ । 

कोरोना परीक्षणका लागि भारतभर ५२ वटा ल्याव तयारी राखिएको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले स्वास्थ्य तथा शोध विभागसंग मिलेर संक्रमणको जाँचका लागि ५२ ल्याब बनाएको हो । 

६ मार्चसम्म ३ हजार ४०४ मानिसका ४ हजार ५८ नमूना जाँच भइसकेको छ । यिनमा चीनको वुहानबाट आएका ६५४ जनाको १ हजार ३ सय ८ नमूना पनि सामेल छ । 

कहाँ कति संक्रमित 
जयपुरमा १७, केरलमा १४, आगरामा ६, महाराष्ट्रमा ५, कर्नाटकमा ४, दिल्ली र तमिलनाडुमा ३, अमृतसर, जम्मू–कश्मीर र लद्दाखमा २–२ तथा गाजियाबाद, गुडगाव, तेलंगानामा १–१ जना संक्रमित भएका छन् । 

 चीनमा नियन्त्रणतिर आए पनि इटाली र इरानमा भने बढ्दै गइरहेको छ । 

बुधबार बिहानसम्म ११५ देशमा कोरोना फैलिसकेको छ । अहिलेसम्म ४ हजार २६२ जनाको मृत्यु भएको छ । 

पछिल्लो समय चीनमा मृतक र कोरोना संक्रमितहरु कम हुँदै जाँदा इटालीमा भने बढेको बढ्यै छन् । 

इटालीमा मंगलबार रातिसम्म ४६३ जनाको ज्यान गएकामा अहिले त्यो संख्या ६३१ पुगेको छ । 

संक्रमितको संख्या १० हजार १४९ पुगेको छ । चीनमा भने ८० हजार ७५८ संक्रमित छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङ उदगम स्थल वुहान पुगेर मंगलबार कोरोना नियन्त्रणमा आएको ंसंकेत गरेका छन् । 

उनले उद्घोष गर्नमात्र बाँकी रहेको तर्क गरिएको छ । इटालीले देशका सबै नागरिकलाई क्वारेन्टाइनमा राखेको जनाएको छ । 

इटालीपछि सबैभन्दा बढी इरानमा २९१ जनाको ज्यान गएको छ । कोरियामा ५४, स्पेनमा ३५, फ्रान्समा ३३, अमेरिकामा २३, जापानमा १० जनाको मृत्यु भएको छ । 

इरानमा ८ हजार ४२ संक्रमित छन् । कोरियामा ७ हजार ५१३ जना संक्रमित छन् । 

नेपालमा एक जना संक्रमितलाई निको भएको छ । अन्यलाई देखिएको छैन । 

। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ