arrow

१५ हजार विद्यार्थीको शारीरिक स्वास्थ जाँच

logo
प्रकाश बम,
प्रकाशित २०७६ फागुन २८ बुधबार
health-camp4.jpg

डोटी । डोटीका ५९ वटा विद्यालयका १४ हजार ८ सय २९ जना विद्यार्थीको शारीरिक स्वास्थ प्रारम्भिक जाँच गरिएको छ।

विद्यालय स्वास्थ तथा पोषण कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सामान्य शारीरिक परिक्षण गरिएको सामुदायिक विकास केन्द्र डोटीका स्पोन्सर सीप टिम लिडर सुनिल जोशीले बताए । 

जिल्लाको दिपायल सिलगढि नगरपालिकाको वडा नम्बर २ र ९, पूर्वी चौकी  गाउँपालिकाको १, २ र ३, आदर्श गाउँपालिकाको १, २, ३, ४, ५ र ७ र सायल गाउँपालिकाको ४, ५ र ६ अन्तर्गतका ५९ वटा विद्यालयमा सामान्य स्वास्थ परिक्षण जाँच  गरिएको सामुदायिक विकास केन्द्र डोटीका स्पोन्सर सीप टिम लिडर जोशीले बताए ।  

विद्यालयमा अध्ययनरत विद्यार्थीको पोषण अवस्था, तौल, उचाई, आँखा जाँच, श्रवण क्षमता जाँच र दाँतको सामान्य परिक्षण गरिएको हो ।

सामान्य स्वास्थ परिक्षण गर्दा १ सय ६० जना विद्यार्थीमा आँखाको समस्या, १ सय १६ जना विद्यार्थीमा दाँतको समस्या,  ७१ जना विद्यार्थीमा कानको समस्या र  ९ जनामा कम तौलको समस्या देखिएको विद्यालयका स्वास्थ फोकल शिक्षकलेहरुले दिएको प्रतिबेदनमा उल्लेख रहेको जोशीले बताए । 

स्वास्थ जाँच गर्नु पहिले गाउँपालिका, नगरपालिकासंग समन्वय गरी स्वास्थ संयोजकबाट तालिम लिएका स्वास्थ फोकल शिक्षकहरुले जाँच गरेका हुन्  । 

उक्त कार्यक्रमलाई सहयोग पुर्याउनका लागि जाँच गरिएका विद्यालयमा ७५ वटा प्राथमिक स्वास्थ उपचार  बक्स समेत बितरण गरिएको  संस्थाले जनाएको छ।  

सामुदायिक विकास केन्द्र डोटी र वर्ल्ड भिजन इन्टरनेशनलद्वारा समुदायमा आबद्ध बालस्पोन्सर सीप परियोजना  अन्तर्गत  सामान्य स्वास्थ परिक्षण जाँच यहि माघ २६ गतेदेखि  फागुन अन्तिमसम्म संचालन गरिएको जनाएको छ । 

यसभन्दा अघि पनि दुई पटक स्वास्थ परिक्षण गरिसकेको जनाएको छ। जटिल समस्या भएका विद्यार्थीहरुलाई नजिकको स्वास्थ चौकी पठाउने गरेको साजेन्द्रेश्वर माबिका स्वास्थ फोकल शिक्षक विष्णुदत्त अवस्थीले बताए ।   

त्यस्तै तेडि आधारभुत विद्यालय कलेनाका अर्का फोकल स्वास्थ शिक्षक टेक बहादुर बिष्टले  जटिल समस्या भएका विद्यार्थीलाई नजिककको स्वास्थ चौकी अथवा जिल्ला अस्पताल पठाउने गरेको बताए ।

शारीरिक स्वास्थ प्रारम्भिक जाँचलाई निरन्तरता दिनुपर्ने

शारीरिक स्वास्थ प्रारम्भिक जाँचलाई निरन्तरता दिनुपर्ने सहभागीहरुले बताएका छन् ।

कार्यक्रम लागू भएका विद्यालयमा गरिएको अनुगमन तथा अबलोकनमा सहभागीहरुले यस्तो बताएका हुन् । दिपायल सिलगढि नगरपालिकाको २ मा रहेको सरस्वती आधारभुत विद्यालयमा संचालन गरिएको शारीरिक स्वास्थ प्रारम्भिक जाँचको अनुगमनमा क्रममा दिपायल सिलगढि नगर पालिकाका उप प्रमुख शिव राज खड्काले विद्यालयमा संचालित स्वास्थ जाँचलाई निरन्तरता दिनुपर्ने बताए ।

डोटीका अन्य विद्यालयमा समेत शारीरिक स्वास्थ प्रारम्भिक जाँचलाई अगाडि वढाउन सके राम्रो हुने खड्काले बताए ।  

त्यस्तै पूर्वी चौकी गाउँपालिका १ खिरसैनमा रहेको साजेन्द्रेश्वर माबिमा संचालित स्वास्थ जाँचको अनुगमनमा पूर्वी चौकी गाउँपालिका १ का वडा अध्यक्ष अन्क बहादुर खड्काले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउँदै वडाका विद्यालयमा आगामी दिनमा पनि निरन्तरता दिन वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे । 

त्यस्तै दिपायल सिलगढि नगरपालिका ९ कलेनामा रहेको तेडि आधारभुत विद्यालयमा संचालित स्वास्थ जाँचको अनुगमनका क्रममा ९ नम्बरका वडा अध्यक्ष धर्मबहादुर साउदले शारीरिक स्वास्थ प्रारम्भिक जाँच गर्दा जटिल समस्या देखिएका बालबालिका र अन्य वडाका जनतालाई मध्यनजर गर्दै विशेष शिवीर संचालन गर्ने आफ्नो योजना रहेको बताए । 

शारीरिक स्वास्थ प्रारम्भिक जाँच संचालित विद्यालयमा अनुगमनका क्रममा बोल्दै पूर्वी चौकी गाउँपालिका स्वास्थ संयोजक राजु खड्काले यस्ता कार्यक्रमलाई दिगोपना, निरन्तरता, सरसफाइ, हरेक बार खाना चार, जूकाको औषधि लगायतका कुरालाई  समेत जाँचमा जोड दिनुपर्ने बताए । 

पूर्वी चौकी गाउँपालिका शिक्षा अधिकृत विनोद भट्टले सानो लगानीमा विद्यार्थीहरुको स्वास्थ अवस्थाका बारेमा जानकारी हुनु राम्रो कुरा भएको बताए । 

निरन्तरतामा जोड दिन सके  सिकाइ उपलब्धिमा समेत वृद्धि हुने बताए । 

वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल डोटीका स्पोन्सर सीप फिल्ड संयोजक गाङ्गि बलायरले कार्यक्रमलाई निरन्तरता दिन स्थानीय तहको ठुलो भुमिका रहने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ