- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मानिसको पढ्ने चाहना पनि गजबको हुन्छ । कतिबेला पढ्न मन लाग्छ पत्तो नहुने ।
केटाकेटीमा पढ्न नपरे हुँदो हो भन्ने लाग्छ । अनि अभिभावक भएपछि आफूले नपढे पनि छोराछोरी पढाउने भन्ने चिन्तातर्फ बढी मन जान्छ ।
तर भारतकी एक वृद्धाले भने रेकर्ड नै राखेकी छिन् । आफूले पिन्डो खाने बेलाकी यी महिलालाई अझै पढ्ने रहर छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनले आफूलाई अझै पढ्ने रहर भएको बताइन् । उनले कक्षा ४ मा ९८ प्रतिशत अंक हासिल गरेकी छिन् ।
नारी शक्ति पुरस्कार वितरण समारोहमा बोल्दै ती कार्थिआनी अम्माले आफूमा अझै शक्ति रहेको बताइन् ।