arrow

उपचार व्यवस्था गर्न नसक्ने भए राजीनामा दिनु स्वास्थमन्त्री ढकाल ज्यू

logo
आदर्श केसि,
प्रकाशित २०७६ फागुन २८ बुधबार
adarsh-kc.gif

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणको जोखिम भएका अन्य देशबाट उद्दार गरेर क्वारेन्टाइनमा राख्न नसकिने भनी दिएको अभिव्यक्ति आपत्तिजनक छ । मन्त्री ढकालको अभिव्यक्तिलाई धेरैले गैरजिम्मेवार अभिव्यक्तिको संज्ञा पनि दिएका छन । यस्तो आतंकित अवस्थामा राज्यको अभिभावकको प्रतिनिधित्व गर्ने स्वास्थ्यमन्त्रीको हार खाएको जस्तो कमजोर अभिव्यक्तिले सरकारको थप आलोचनामा बल पुगेको छ । मन्त्री ढकालको अभिव्यक्ति कतिलाई सामान्य लाग्न सक्ला । जसरी बाहिर मिडियामा आए जस्तै अब संक्रमितहरुलाई राज्यले क्वारेन्टाइनमा राख्न सक्दैन भनेर मन्त्रीले भनेको साँचो हो भने निकै गम्भिर बिषय हो ।

मन्त्री ढकालको अभिव्यक्ति दुई तरिकाबाट बाहिर आएका छन । एउटा विदेशमा फसेकालाई चीनबाट उद्दार गरेको जस्तो गर्न सकिन्न अर्को ,कोरोनो लागेपछि मात्रै सरकारले जिम्मा लिन्छ क्वारेन्टाइनमा राख्न सक्दैन ? यदि साँचो हो भने यी दुई कुरा सरकारको मन्त्रीले भन्ने नहुने अति कमजोर कुरा हुन । सार्वभौमसत्ताको व्यवस्थामा प्रत्येक नेपाली नागरिकले राज्यबाट एकरत्ति भए पनि आशा गर्छ । नागरिकको आशालाई निराशा बनाउने र राज्यको शक्ति कमजोर छ भन्ने आशयको अभिव्यक्तिको सबै तिर आलोचना हुनु स्वभाविक पनि हो । कोरोनोबाट संक्रमित भएर धेरै नागरिकले राज्यलाई भारि बोकाए जस्तो गरि मन्त्रीले दिएको अभिव्यक्तिसँग मेल खाने अवस्था पनि नेपालमा सृजना भएको छैन । तर उनको अभिव्यक्तिले नेपाली नागरिकमा निराशा र आक्रोश बढाएको छ । कतिपय संक्रमित देशहरुमा नेपाली नागरिकहरु उद्दारको पर्खाइमा होलान । आफ्नो देश र राज्यप्रति विश्वास र भरोषा छ होला । तर यता देशका स्वास्थ्यमन्त्रीको यस्तो भनाइले उनिहरुको मन कस्तो भएको होला ? राज्यको सबै शक्ति सकिएर अन्तिम र भयावह अवस्थामा मात्रै दिनुपर्ने अभिव्यक्ति मन्त्री भट्टराईले आत्तिएर भने या नियतबस भने त्यो थाहा छैन ।

नेपालीहरुलाई यतिबेला राज्यले त आत्मामनोवल बढाउन सान्त्वना दिनुपर्ने अवस्था हो । राज्यले उपचारको सबै व्यवस्था गर्छ सावधानीको उपाय पालना गरौ भन्ने अवस्था हो । यस्तो अवस्थामा म सक्दैन, हामी सक्दैनौं,आफै उपचार गर, सरकारले सक्दैन भन्नुले नागरिकहरुले कस्तो अनुभुति गर्छन् होला ? यहि हो त राज्यले नागरिकको स्वास्थ्य सुरक्षामा अपनाएको संवेदनशीलता ? नागरिकलाई थप छट्पटी गराउने खालको अभिव्यक्ति दिने मन्त्रीलाई कार्वाही हुनुपर्छ । मन्त्रीले हो या राज्यले हो उपचार गर्न सक्दैन भनेको ? कसले हार खाएको यसको जवाफ सरकारले नागरिकलाई दिनुपर्छ । राज्य भनेको शक्ति हो,त्यहि शक्तिलाई नागरिकले आशा गर्ने हो ।

मन्त्रीले शक्ति सकियो भनेर नेपाली नागरिकलाई चिन्ताजनक अवस्थामा पुर्याउने मिल्छ ? विमानस्थलमा सात जना स्वास्थ्यकर्मी राखेर ज्वरो नाप्ने मात्रै शक्ति छ नेपालसँग ? हाम्रो सरकारको स्वास्थ शक्ति टेकु र पाटन मा सय जनाको रुघाखोकी चेकजाँच मात्रै गर्न सक्ने छ ? आपतकालीन अवस्था आयो भने संकटमा परेका नागरिक उद्दार गर्न सक्दैन नेपाल ? मन्त्री ढकाल भन्छन् घरमै उपचार गर,घरमै सुरक्षाको व्यवस्था गर हामी सक्दैनौं ? कति निरीह र लज्जास्पद अभिव्यक्ति मन्त्री ढकाल ज्यूको ? कोरोनोको यस्तो विश्वब्यापि आतंकको बेला नेपालले आफ्नो देशका नागरिकलाई कसरी सुरक्षित राख्ने ? कसरी देशका नागरिकको आत्माबल बढाउने ? कसरी नागरिकको उपचार र उद्दार गर्ने ? यी कुराहरु थाहा छैन होला मन्त्री ढकाललाई ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ