- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सन् २००८ मा रिलिज भएको आमीर खानको चलचित्र ‘गजनी’ मा उनले १५ मिनेटमा विर्स्ने गर्थे । १५ मिनेटपछि उनि सम्झनको लागि फोटो वा आफ्नो शरीरमा खोपिएको ट्याटु हेर्ने गर्थे । तर, मानिसहरु सामन्य हिसाबमा यसरी भने बिर्सँदैनन् ।
बिर्सने समस्या धेरैलाई नौलो समस्या होइन । मानिसहरु आफ्नो विभिन्न सामाग्रीहरु निस्कने बेलामा घरमा नै बिर्सिरहेका हुन्छन् । साथमा बोक्नुपर्ने र सम्झनुपर्ने कुरा धेरै भएको कारण पनि मानिसमा यो समस्या धेरै देखिन्छ ।
यस किसिमको बानीबाट पार पाउन एक व्यक्तिले एक अनौठो किसिमको उपाय खोजेका छन् । भियतनामका एक युवक धेरैजसो आफ्नो आईडिकार्ड बिर्सिने गर्थे । उनले यो समस्याको समाधानको लागि आफ्नो हातमा आईकार्डको ट्याटु बनाएका थिए ।
प्रतिवेदनअनुसार उनको सो योजना त्यतिबेला खुलेको थियो, जतिबेला उनी साथीको क्लबमा गएका थिए । क्लबका मानिसहरुले उनलाई मदिरा दिन अस्वीकार गरेका थिए । उनले आफ्नो कार्ड घरमा बिर्सेर आएका थिए । सो सामाजिक सञ्जालमा ट्याटुको तस्वीर भाइरल भएको थियो ।