arrow

रुसी राष्ट्रपति पुटिनको कार्यकाल लम्ब्याउन संविधान संशोधन

logo
एपी,
प्रकाशित २०७६ फागुन २८ बुधबार
russia-putin-office.jpg

मस्को। रसियाको संसदले मुलुकको संविधान संशोधन प्रस्तावलाई बुधबार स्वीकृति प्रदान गरेको छ। पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ। राष्ट्रपति पुटिनको कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदैछ, तर नयाँ प्रस्ताव अनुसार उन सन् २०२४ पछि अरु १२ वर्ष राष्ट्रपति हुन पाउनेछन्।

राष्ट्रपति पुटिनको नियन्त्रणमा रहेको तल्लो सदन स्टेट ड्युमामा भएको मतदानमा संविधान संशोधनको पक्षमा ३८३ मत र विपक्षमा शून्य मत परेको थियो। सदनमा ४३ जना अनुपस्थित रहेका थिए। संसदबाट स्वीकृत भएको संविधान संशोधनसम्बन्धी उक्त प्रस्तावमाथि आगामी अप्रिल २२ मा राष्ट्रव्यापी मतदान हुनेछ।

उक्त कदमको विरोधमा रहेका व्यक्तिहरुले राष्ट्रपतिको कार्यको भत्र्सना गर्दै यसविरुद्ध प्रदर्शन गर्ने बताएका छन्। पूर्व केजीबी अधिकारी ६७ वर्षीय पुटिनले रसियामा सत्ता सम्हालेको २० वर्षभन्दा बढी भइसकेको छ। दुई पटक पूरै चार वर्षे कार्यकाल राष्ट्रपति भएपछि उन सन् २००८ मा प्रधानमन्त्री बनेका थिए। पुटिनको स्थानमा उनकै विश्वासपात्र डिमित्री मेडभेडेभ राष्ट्रपतिमा छानिनु भएका थिए।

तत्कालीन राष्ट्रपति मेडभेडेभको कार्यकालमा राष्ट्रपतिको कार्यकाल ६ वर्ष बनाइएको थियो। सन् २०१२ मा पुटिन फेरि राष्ट्रपति बने, र सन् २०१८ मा उन पुनः ६ वर्षका लागि राष्ट्रपति चयन भएका छन्। ड्युमाले बुधबार पारित गरेको संविधान संशोधन प्रस्ताब बमोजिम राष्ट्रपति पुटिनले सन् २०२४ पछि अरु दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बन्न पाउनेछन्। राष्ट्रिय मतदान हुनुअघि रसियाको संवैधानिक अदालतले ड्युमाको प्रस्तावमाथि विचार गर्नेछ। ड्युमाले गरेको संशोधन प्रस्तावले रसिया सरकारको कार्यकारी शक्ति अरु मजबूत गर्ने तथा राष्ट्रपतिको अधिकार क्षेत्रलाई अझ व्यापक बनाउने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ