arrow

कोरोना भाइरस प्रभाव : धर्मगुरु इमाम ए काम्बा मस्जिद अल हरमको सर-सफाईमा

logo
अरशद शेष राई,
प्रकाशित २०७६ फागुन २९ बिहिबार
saudi-guru.jpg

साउदी अरेबिया। साउदी अरेबियाको दुई तिर्थस्थल मध्ये एक मक्का शहरमा रहेको ग्रै‌ण्ड मस्जिद अर्थात मस्जिद अल हरम मक्का मुकरर्मा बैतुल्ला काम्बा शरीफमा कोरोना भाइरसको प्रसार रोक्ने प्रयासमा इन्टर्याक्टिव एजुकेशनल टचस्क्रीनको उपयोगलाई निलम्बित गरिएको छ।

कोरोना भाइरसको सावधानीको लागि दुबै पवित्र तिर्थस्थलमा रहेको मस्जिदको जानकारीको लागि सामान्य प्रेसीडेन्सीको मोडरेशन र बौद्धिक सुरक्षा विभागद्वारा नयाँ व्यवस्था गरेको हो। मस्जिद अल हरम मक्का मुकरर्मा बैतुल्ला शरीफ खान्ने काम्बाको धर्मगुरु इमाम ए काम्बा शेख अल सुदेसले आफै मस्जिदको सर-सफाई गर्दै गरेको तस्विर सोसल मिडियामा छाएको छ।

सोसल मीडियामा धर्मगुरु इमाम ए काम्बा सुदेसले काम्बा शरीफको सर-सफाईको फोटो भाइरल हुने बित्तिकै मानिसहरूले धर्मगुरु इमाम ए काम्बाको प्रशंसा गरेका छन्। उनीहरुले यो पहिलो पटक नभइ धर्मगुरु इमाम ए काम्बाले पहिला पनि मस्जिद अल हरमको सर सफाई गर्दै गरेको देखिएको बताएका छन्।

बौद्धिक सुरक्षा विभागको निर्देशक अली बिन हामिद अल-नफीले भने यस कदमको उद्देश्य तिर्थ यात्रीहरुको लागि शांतिपूर्ण वातावरण बनाउँदै कोरोना वायरसको प्रसारलाई रोक्ने र सिमित गर्नु रहेको उल्लेख गरे। केही डिजिटल सामग्रीको अहिले पनि प्रेसीडेन्सीको पोर्टल र फिक्स्ड डिस्प्लेको माध्यमबाट टाढा देखि नै देखिन सकिन्छ।

सानदी अरेबियाले दुई पवित्र मस्जिद मक्कामा रहेको मस्जिद अल हरम र मदिनामा रहेको मस्जिदे नब्वीमा अतिरिक्त स्वच्छताको कदम लागू गरेको छ। उमराह गर्न आउने विदेशी तिर्थ यात्रीहरुको लागि साउदी सरकारले केही दिन अगाडी नै प्रतिबन्ध लगाएको छ भने देशका अन्य स्थानबाट मक्का मदिना आउने माथी निवारक प्रतिबन्ध लगाएको छ।

साउदी अरबियाको सरकारी एजेन्सी जस्तै दुई पवित्र स्थल मक्का मदिनामा रहेको मस्जिद अल हरम र मस्जिदे नब्वी र  साउदी पोस्टको जानकारीको लागि सामान्य प्रेसीडेंसीले कोरोनाबाट बच्न स्वचालित फिङ्गगरप्रिन्ट पहिचान प्रणालीको उपयोगलाई निलम्बित गरेको छ। मध्य पूर्वमा सरकारले रोगको प्रसार रोक्नका लागि सरकारले सावधानी कदम उठाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ