arrow

प्राइम कमर्सियल बैंकमा कैलाश विकास बैंक गाभियो 

logo
प्रकाशित २०७६ फागुन २९ बिहिबार
prime-annual-function.jpg

काठमाडौं। प्राइम कमर्सियल बैंकमा कैलाश विकास बैंक गाभिएसगैँ एकीकृत कारोबार बिहिवारबाट सुरु गरेको छ। एकिकृत पछि बैंकको नाम प्राइम कमर्सियल बैंक लिमिटेड नै रहनेछ। बिहीबार काठमाडौंमा अयोजित कार्यक्रममा एकीकृत कारोबार सुरु गरेको औपचारिक रुपमा जानकारी दिइएको छ।

गत असार २० गते भएको सम्झौता अनुसार कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले १०० बराबर ९४ दरको स्वाप रेसियोमा प्राप्ति गरेको जनाएको छ।

एकीकृत कारोबार सुरुवात गर्दै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले आफ्नो पूँजी बढेको र आगामी दिन अझ विश्वासिलो तथा भरपर्दो सेवा प्रदान गरिने बताए। उनले कैलाश विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको पोर्टफोलियो १ खर्ब ३० अर्ब भन्दा बढी पुगेको समेत बताइएको छ।

मर्जपछि बैंकको शाखा १ सय ९९ पुगेको छ। त्यस्तै बैंकको निक्षेप १ खर्ब २८ अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब पुगेको छ। प्राइम र कैलाश मिसिएपछि बनेको प्राइम कमर्सियल बैंकको चुक्ता पुँजी करिब १४ अर्ब रुपैयाँ पुगेको छ भने पूँजीकोष करिब १९ अर्ब पुगेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ