arrow

नर्सिङ अनुमतिपत्रको मोलमोलाइ : बिन्दाले भनिन् - फेक आइडी पहिचान गरेर कानूनी कारवाही

logo
प्रकाशित २०७६ फागुन २९ बिहिबार
binda.jpeg

काठमाडौं ।  नेपाल नर्सिङ परिषद्ले नर्सिङ अनुमतिपत्रका लागि भएको मोलमोलाइबारे आवश्यक छानबिन भइरहेको जनाएको छ ।

परिषद्का रजिष्ट्रार बिन्दा घिमिरेले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै परिषद्ले सञ्चालन गर्ने नर्सिङ अनुमति परीक्षाको विषयलाई लिएर यस परिषद्का सदस्यले पैसा मोलमोलाइ गरेको समाचारका सम्बन्धमा परिषद्ले सम्बन्धित सदस्यसँग सोधपुछ गरेको र वास्तविकताबारे छानबिन गरिरहेको बताइन् ।
 
“सदस्यले लिखितरूपमा यो विषयमा परिषद्लाई जानकारी गराउनुभएको छ र आफ्नो ‘फेक आइडी’ बनाएर आपराधिक समूहले सो काम गरेको परिषद्लाई जानकारी गराउनुभएको छ”, विज्ञप्तिमा उनले भनेकी छन् , “फेक आइडी बनाउने समूहको पहिचान गरेर कानूनी कारवाहीका लागि सम्बन्धित निकायमा उजुरीसमेत दिइसकेको छ । यसको वास्तविकताबारे परिषद्ले पनि आवश्यक छानबिन गरिरहेको छ ।”

 उनले प्रभाव र पहुँचका आधारमा नतिजा प्रभावित नभई परीक्षा निष्पक्ष हुने हुँदा यस्ता भ्रमपूर्ण हल्लाका पछाडि नलाग्न सम्बन्धित सबैमा आग्रह गरेकी छन् । परिषद् र परिषद्मा आबद्धको नाम लिएर दलाली गर्दै बदनाम गराउने काममा संलग्नलाई छानबिनको दायरामा ल्याएर कडा कानूनी कारवाही गर्न समेत उनले सरकारसँग माग गरेकी छन् । बिन्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईकी श्रीमति हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ