arrow

विद्यार्थीको रोजाईमा सिन्धुली होटल म्यानेजमेन्ट कलेज

logo
पुस्कर थापा,
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
weater-hotel-sinduli.jpg

सिन्धुली। पछिल्लो समय विद्यार्थीहरुमा होटल म्यानेजमेन्ट पढाईको आकर्षण बढ्दै गएको छ। बढ्दो शहरीकरणका बाबजुत अहिले सिन्धुली लगाएत देशभरमै आकर्षक होटल संचालनको होडबाजी नै चलेको देखिन्छ।

झट्ट हेर्दा अत्यन्त आकर्षक तथा सुविधा सम्पन्न देखिने स्तरिय होटलहरु ग्राहकको चहाना अनुसारको खाना तथा खाजा खुवाउन नसक्दा चिन्तित छन्। होटलमा काम गर्ने जनशक्ति नभएर भारत तथा अन्य बाहिरी जिल्लाबाट ल्याउनु पर्ने अवस्थालाई मध्यनजर गर्दै सिन्धुलीमा एक वर्षअघीदेखी सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट संचालनमा छ।

होटल क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्न र पर्यटकीय क्षेत्रको स्तरोन्नति गर्न यो कलेजको स्थापना भएको कलेजका संचालक संजिब ढकालले बताए। एडभान्स तथा डिप्लोमा कक्षा संचालन गराईहेको यस कलेजले विद्यार्थीहरूलाई विशेषगरी प्रयोगात्मक शिक्षा दिई अध्ययन अध्यापन गराइरहेको छ।

इन्र्टसिपको व्यवस्था रहनुका साथै गुणस्तरीय पढाई हुने यस कलेजमा विधार्थीको आकर्षण बढ्दै गईरहेको र हाल यस कलेजमा ३७ विधार्थीले अध्ययन गरिरहेको कलेजका संयोजक तारा चौलागांईले बताए। यस कलेजमा पढ्न लाग्ने शुल्क बाहेक गरिब जेहेन्दार र मेहेनती विद्यार्थी, राम्रो पढ्ने विद्यार्थीलाई प्रोत्साहन स्वरुप छात्रवृत्तिको व्यवस्था हुने जनाईएको छ। 

पढ्दा पढ्दै काम र दाम हुने भएकाले होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको संख्या बढ्दो छ। राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय होटलहरुमा काम गर्ने अवसरका साथै राम्रो तलब हुने भएकाले पढ्ने विद्यार्थीको संख्या बढेको छ। होटल म्यानेजमेन्ट पढेर व्यवसाय गर्नेहरु सफल पनि भएका छन्।

‘होटल म्यानेजमेन्ट पढेर बेरोजगार बस्नु पर्दैन,’ कलेजका संचालक संजिब ढकाल भन्छन् यसको सुन्दर पक्ष भनेको स्वउद्यम हो।’ आफ्नो क्षमता अनुसार लगानी गरेर राम्रो व्यवसाय गर्न सकिने उनी बताउछन्। ‘रोजगारका लागि विदेश जनेको भीड छ । तर अध्ययन अनुसन्धान गरेर काम गर्ने हो भने नेपालमै धेरै गर्न सकिन्छ।

आधुनिक मल्टिमिडियाको प्रयोग गरी फिल्ड वर्क, रिर्पोट राइटिङ र प्रिजेन्टेसनका माध्यमबाट विद्यार्थीलाई अध्यापन गराईने कलेज संचालक बताउछन्। विद्यार्थीहरूमा प्रयोगात्मक र व्यवहारमुखी शिक्षाको आकर्षण वढेकोले विद्यार्थीसंगै अभिभाकको समेत यस कलेज पहिलो रोजाई बनेको छ।

व्यवहारिक खालको शिक्षा दिनुको साथै पढ्ने कुरा भन्दा पनि पढ्ने कला सिकाउनु यस कलेजको मुख्य विशेषता हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ