arrow

कोरोनाको प्रभाव : काउलेपानी होमस्टेमा रोक

logo
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
kaulepani-homestay.jpg

लमजुङ। लमजङको बेँसीशहर नगरपालिका–३ मा सञ्चालित काउलेपानी घरवास (होमस्टे) मा आउने पर्यटकलाई रोक लगाउन थालिएको छ। यहाँका घरवासमा दैनिक सयौँको सङ्ख्यामा पर्यटकको भीड लाग्ने गर्दछ। विदेशी पर्यटकका माध्यमबाट यहाँ कोरोना भाइरसको त्रास भएकाले रोकथामका लागि केही दिन पर्यटकलाई रोक लगाइएको ग्रामीण काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ।

यहाँ आउनका लागि विभिन्न जिल्लाबाट दर्ता (बुकिङ) गरेका थिए तर  सो भाइरसको डर भएको भन्दै नआउनलाई आग्रह गर्दै बुकिङ रद्द गरिएको सो व्यवस्थापन समितिका सचिव कविन्द्र गुरुङले जानकारी दिए।

कोरोनाको जोखिमलाई ध्यान दिँदै घरवासमा पर्यटक रोक्न थालिएको व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए। भाइरसको त्रास नहटुञ्जेलसम्म काउलेपानी घरवासमा आउने पर्यटकलाई रोक लगाइने बताइएको छ। शाहवंशीय राजाको उद्गमस्थल लमजुङ दरबार नजिकै रहेको यस घरवासमा नेवार, गुरुङ, भुजेल समुदायको बसोबास रहेको छ। ती समुदायका काउलेपानीमा २५ घरधुरी रहेको छ।

उक्त घरधुरीमध्ये तीनवटै समुदाय गरी १५ वटा घरमा घरवास सञ्चालनमा रहेको छ। समुन्द्री सतहबाट एक हजार ६०० मिटर उचाइमा रहेको काउलेपानी सन् २०११ बाट घरवास शुरु भएको थियो। यशोबह्मा शाहवंश राजाले राज गरेको लमजुङ दरबार, विभिन्न हिमाललगायतका रमणीयस्थल देख्न सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ