arrow

पर्वतारोही संजयलाई प्युठानमा सम्मान

logo
प्रकाशित २०७३ वैशाख ११ शनिबार
क.jpg.jpeg
काठमाडौँ ।  कृतिमानी विश्व पर्वतारोही तथा लामो दुरीका धावक संजय पण्डितलाई शनिबार दशौ लोकतन्त्रको अवसरमा  प्युठानमा सम्मान गरिएको छ । पण्डितले प्राण घातक हिमालको रुपमा चिनिएको मनास्लु ,जापानको फुजी ,एसिया सगरमाथा ,अफ्रीका किलिमन्जारो ,अस्ट्रेलिया ,युरोप, अमेरिका लगायतका महादेशका सर्वोच्च शिखरहरुको  सफलतापुर्वक आरोहण गरिसकेका छन् । 
 
सो सम्मान कार्यक्रममा प्युठानका राजनीति दल प्रमुखको उपस्थिति रहेको थियो ।  पण्डितले अन्तिम महादेशियको रुपमा आरोहण गर्न बाकि  रहेको अन्ट्रारटिका महादेशको विन्सोंन मशिफ हिमाल आरोहण अभियानमा  जिल्लाका राजनीति दल प्रमुखले सहयोग गरेने प्रतिबद्ता ब्यक्त गरेका हुन् । 
 
कार्यकममा एमालेका पार्टी अध्यक्ष ,जनमोर्चा नेपाल ,एमाओबादी ,नेपाली कांग्रेस,क्रान्तिकारी माओबादी ,राप्रपा ,राप्रपा नेपाल , लगायत पार्टीका जिल्ला प्रमुखले संजयलाई अग्रिम शुभकामना दिएका थिए ।  पत्रकार ,समाजसेवि ,शान्ति समितिका अध्यक्ष लगायतको उपस्तिति रहेको कार्यक्रम हाम्रो एकता साप्ताहिक द्वारा आयोजना गरेको हो । पण्डितले अफ्रीका तथा अस्ट्रेलियाका सर्वोच्च शिखरहरुमा उल्टो हिडेर आरोहण गरिसकेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ