arrow

ओझेलमा बझाङका पर्यटकीय गन्तब्यहरु

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ वैशाख ११ शनिबार
khaptad-(1).jpg.jpeg
बझाङ  । सुदुरपश्चिमको हिमाली जिल्ला बझाङका पर्यटकीय गन्तब्यहरुको बिकास तथा पहिचान हुन नसकेर आझेलमा परेका छन् । सुन्दर सुदुरपश्चिमको पहिचान लाई राष्टिय तथा अन्तर्राष्ट्रिय क्षेत्र पुर्‍याउन सक्ने खालका पर्यटकीय गन्तब्यहरु भए पनि उचित प्रचार प्रसार तथा राज्यको लागानी सही ठाँउमा प्रभावकारी रुपमा सदुपयोग नहुदा यहाँका पर्यटकिय क्षेत्रहरु आझेलमा पर्दै गई रहेका हुन् ।
 
बर्षेनी सास्कृतिक तथा पर्यटकीय क्षेत्रको बिकासका लागी सरकारबाट करोडौ बजेट जिल्ला भित्रिने भए पनि त्यसको प्रभावकारी कार्यान्यन नहुदा  जिल्लाका प्रमुख पर्यटकिय क्षेत्रहरु ओझेलमा पर्दै गएको सरोकारबालाहरुले बताएका छन् । बझाङको पर्यटकिय क्षेत्रको विकासका सम्भावना र सरोकारबालाको भुमीका बिषयक एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले जिल्लाका पर्यटकीय गन्तब्यहरुको पहिचान ,स्रोतको सहि सदुपयोग र प्रभाबकारी कार्यान्वय तथा बिकास नहुन सकेको बताएका हुन् ।
 
 होटेल व्यवसायी संघका उपाध्यक्ष कर्मा कर्मा तमाङ्गले जिल्लाको प्रमुख पर्यटकिय क्षेत्र साईपाल हिमाल कति छन् साईपाल हिमाल कहाँ पर्छ भन्ने बारे स्थानिय क्षेत्रका अझै पहिचान हुन नसकेको बताए । तामाङ्गले साईपाल हिमालको आधार शिबिर र उरै भज्याङ्ग सम्म जाने बाटो र बिच बिचमा बग्ने नदीहरुमा पुल नबन्दा पर्यटक लगायत स्थानियबासीले ठूलो सास्ती बेहोर्नु परेको सुनाए । तमाङ्गले बर्षेनी पर्यटकिय क्षेत्रको विकासका लागी सरकारबाट करोडौको बजेट आउने भए पनि राजनितिक दलहरुले आफ्ना कार्यकर्तालाई पायक पर्ने स्थानमा बजेट बिनियोजन गर्दा सुर्मा सरोबार,खप्तड,उरै भज्याङ्ग,र साईपाल हिमाल जस्ता राष्टिय स्तरका पर्यटकिय क्षेत्र सधै ओझेलमा पर्दै आएको बताए ।
 
पर्यटन बिकासको ठूलो सम्भावना गरेको यस जिल्लामा हाल सम्म पनि पर्यटकिय क्षेत्रहरुको बास्तबिक पहिचान तथा बिकास हुन नसक्दा  आन्तरिक तथा बाह्य पर्यटकहरु लाई भित्राउन सकिरहेको छैन् । जिल्लाका प्रमुख सुर्मा सरोबरका पर्यटकिय पदमार्गका लागी  गत बिगत बर्षहरु लगातार बजेट आउने गरेको भए पनि प्रभाबकारी अनुभन हुन नसक्दा बषेनी दुरुपयोग हुदै गएको छ । पाथीभेरया् ,खप्तड , माईकाथान बडीज्याबन लागयतका ठाँउको बिकासका लागी आउने वजेट दरुपयोग भएको खप्तड क्षेत्र पर्यटन बिकास समितीका सदस्य डबल बोगटी बताए ।
 
 बोगटीले गत बर्ष ति क्षेत्रको स्थलगत अनुगमन गरेको अनुभव सुनाउदै ति ठाँउहरुमा एक ढुङ्गा पनि नउठाइएको बताए । यस बर्ष जिल्ला परिषद्ले पनि सास्कृतिक तथा पर्यटकीय क्षेत्रमा छुट्याउनु पर्ने बजेट राजनितक दलका कार्यक्रर्ताहरुलाई पायक पर्ने स-सना मन्दिरमा लाखौ बजेट छुट्याएको सुनाए  । यसरी पर्यटकिय क्षेत्रको विकासका लागी आउने रकम दिर्गकालिन सोच गरि बिनियोजन नगरे पछि जिल्लाका प्रमुख क्षेत्रहरु ओझेलमा पर्दै गएका छन् । व्यवस्थापीका सांसद अफिलाल ओखेडाले पर्यटन क्षेत्रका लागी आउने बजेट स-सना मन्दिरमा छुट्याएको स्विकार गर्दै आगमी दिनमा पर्यटन क्षेत्रको विकासका लागी लागाउने  बताए ।
 
सुन्दर सुदुर पश्चिम पर्यटन अभियानका अभिन्यता किशोर खड्काले पछिल्लो समयमा बझाङ्गको पर्यटन क्षेत्रको विकासका लागी पहल भई रहेको भएता पनि राज्यबाट आउने बजेटको सहि सदुपयोग हुन नसकेको बताए  । खड्काले चीनसँग जोड्ने चैनपुर ताक्लाकोट नाकालाई मात्र पनि खोल्न सके  कैलास मानसरोबर जाने धार्मिक पर्यटक यसै बाटोबाट भित्रयाउन सकिने सुनाए । यसका लागी जिल्लाको पर्यटकिय गुरुयोजनाको आवश्यकता  भएको बताउदै जिल्लाका पहिचान नभएका पर्यटकिय गन्तब्यहरुको पनि पहिचान हुने बताए । राज्यको नजर बाट टाढा रहेको सुदुरपश्चिको पर्यटन क्षेत्रको विकासका लागी निजी क्षेत्र समेत उदासिन देखिएको छ ।
 
जिल्लाको सदरमुकाममा मात्रै सुबिधा सम्पन्न होटेलहरु भएपनि दुर्गम क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरुमा एक गिलास चिया सम्म नपाउने अवस्था रहेको छ । नेपाल पर्यटन बोर्डका शाखा अधिकृत खडक बिक्रम शाहले पर्यटन विकासका लागी स्थानियबासीले नै बढी तात्नु पर्ने जोड दिए । शाहले स्रोतको सहि सदुपयोग गराउन प्रभावकारी अनुगमन गर्नुपर्ने बताउदै आन्तरिक पर्यटन प्रर्बद्धन गराउनका लागी प्रचार प्रसारको आवश्यकता रहेको बताए । पर्यटन क्षेत्रका लागी आउने करोडौ बजेटको प्रभाबकारी कार्यान्यन हुन सकेमा जिल्लाको पर्यटन क्षेत्रको विकासमा ठूलो राहत मिल्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ