arrow

स्याङ्जामा असिनाले करोडौ क्षति

प्राकृतिक विपतमा फेदिखोला गाँउपालिका

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ चैत २ आइतबार
1_(10).jpg

स्याङ्जा । स्याङ्जाको फेदिखोला गाँउपालिकामा गए राती (शनिवार) परेको असिनाले करोडौको क्षती भएको छ । गाँउपालिकाको वडा नम्वर १ र ४ मा असिनाले किसानको उव्जनीमा निकै क्षती बनाएको हो । असिनाले मौसमी र बेमौसमी तरकारी खेती सगै केही पशुपंक्षीमा समेत क्षती बनाएको गाँउपालिका प्रमुख घनश्याम सुवेदीले जानकारी दिए । गतबर्ष भन्दा यो बर्ष कृषि उत्पादन बढ्दो अवस्थामा थियो गाँउपालिका प्रमुख सुवेदीले भने,“ प्राकृतिक विपतले गाँउपालिकालाई नराम्रो क्षती पुर्‍यायो ।” नमुना कृषि गाउँको अभियान रहेको गाँउपालिकाले प्राकृतिक विपतको सामाना गर्नुपर्‍यो उनले भने ।

गत बर्ष २ करोड बराबरको कृषि क्षेत्रमा कारोबार गरेको पालिकाले यस बर्ष उत्पादनमा आधारीत अनुदान कार्यक्रम मार्फत कृषक उत्साहीत भएका थिए । मौसमी तथा बेमौसमी तरकारी खेती र पशुपंक्षी पालन गर्ने किसानको संख्या बढ्दो थियो गाँउपालिका प्रमुख सुवेदीले भने यो क्षतीले सिङ्गो गाँउपालिका चिन्तित रहेको छ ।  भारी असिनाले सबै सखाप भएपछी किसान निकै चिन्तित बनेको बताइएको छ । यस बर्ष गाउँपालिकाले गत बर्षको तुलनामा ३० प्रतिशत उत्पादनमा बृद्धी गर्ने लक्ष्य बोकेको थियो तर असिनाले सबै लक्ष्य उडाईदिएको छ ।  

स्थानीय कुमार सुवेदीले व्यवसायका लागि संचालन गरेको पोल्र्टी फार्ममा समेत असिनाले क्षती पुर्‍याएको छ । भर्खरै स्थापना गरेको पोल्र्टी फर्ममा असिनाको असरले १२०० कुखुराको चल्लालाई क्षती पुर्‍याएपछी फर्मका संचालक कुमार सुबेदीले दुखी बनेका छन् ।बैदेशिक रोजगारी छाडेर आफ्नै माटोमा केही गर्छु भन्ने उदेश्यले शुरु गरेको पोल्र्टीफार्ममा असिनाले क्षती पुर्‍याएपछि प्राकृतिकले पनि साथ नदिएको गुनासो व्यक्त गरे ।

 असिनाले केही बाख्रा मरेको खबर प्राप्त भएको छ । यसैगरी नमुना कृर्षि गाउँको अभियानमा लागेको वडा नं १ को तरकारी बारी पनि असिनाले नष्ट भएको छ । ‘मौसमी तथा बेमौसमी तरकारी खेतीलाई असिनाले सखाप बनायो सिङ्गो गाउँबासीमानै रुवाबास मच्चीएको छ अगुवा कृषक बिष्णु सुबेदीले बताए । टमाटर, काउली, बन्दा, लसुन र आलुमा ठुलो क्षती भएको सुबेदीले जानकारी दिए । यहाँको वडा नं ४ आरुखर्क र १ नं वडामा सबैभन्दा बढी क्षती भएको छ भने २ र ३ नं वडामा भने आशिंक क्षती भएको छ । अहिले सम्म करिव ६ करोड भन्दा बढीको क्षती भएको अनुमान गरिएको छ । असिनाले गाँउपालिकामा कति रकम बराबरको क्षती भएको छ भन्ने विषयमा विवरण संकलन कार्य चलिरहेको बताइएको छ ।
    

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ