arrow

एनआईसी एशिया बैंकका ग्राहकलाई अकामा होटलमा २० प्रतिशत छुट

logo
प्रकाशित २०७६ चैत २ आइतबार
NICA-akama.jpg

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्न बैंक र होटलबीच समझदारी भएको जनाएको छ।

एक कार्यक्रमका बीच बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। उक्त समझदारी बमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने बताइएको छ।

साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुने बताइएको छ। समझदारीका सर्त एक बर्षसम्म लागु हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ