विद्युतीय हाजिर नगर्न अनुरोध

प्रकाशित मिति : २०७६ चैत २ आइतबार

झापा । कोभिड–१९ सङ्क्रमणको त्रासका कारण झापाका दुई स्थानीय तहले आइतबारदेखि विद्युतीय हाजिर नगर्न सूचना जारी गर्दै कर्मचारीलाई अनुरोध गरेका छन् ।

मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाले सूचना नै जारी गरेर कोराना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गरेर नगरपालिका मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विद्युतीय हाजिर नगर्न अनुरोध गरेका हुन् ।

भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत तुलसी श्रेष्ठले धेरै जनाको हातले ई–हाजिरमा थिच्दासमेत सङ्क्रमणको त्रास हुने हुँदा त्यस्तो अनुरोध गरेको बताए । उनले विगतमा झैँ रजिस्टरमै अर्को सूचना जारी नभएसम्म हाजिर गराउन सबैलाई निर्देशन दिइएको जानकारी दिए।

नयाँ