arrow

विश्व चर्चित खेलाडी रोनाल्डिन्होले जेलमै जिते १६ केजीको सुगुर

logo
प्रकाशित २०७६ चैत २ आइतबार
ronaldinho.jpg

काठमाडौं । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले १६ केजीको सुगुर जितेका छन् । रोनाल्डिन्होले कैदिबन्दिहरुबिच भएको खेलमा जित हासिल गरेर १६ केजीको सुगुर जितेका हुन् । 

नक्कली राहदानी (पासपोर्ट) बोकेर पाराग्वे पुगेका रोनाल्डिन्हो पाराग्वेको जेलमा रहेका छन् । पाराग्वेको राजधानी आसुनसिओनको जेलमा भएको खेलमा रोनाल्डिन्होको टिमले ११ गोल गरेको थियो भने विपक्षी टोलीले २ गोल गरेको थियो । जीतमा रोनाल्डिन्होको अहम भुमिका रहेको थियो ।

 रोनाल्डिन्हो ब्राजिल राष्ट्रिय टिमका पूर्वफुटबल खेलाडी हुन् । लाइसेन्सबिना नै पोखरीमा माछा मार्न थालेपछि उनले जरिवानसहित  २०१८ मा पासपोर्ट खोसिएको थियो । अदालतले दुवै दाजुभाइलाई नै कार्बाही गरेको थियो  । उनीसँग अहिले पार्सपोर्ट छैन ।  यसकारण पार्सपोर्ट बिना उडानमा हुने जोखिमले पाराग्वेमै राख्न आदेश दिइएको छ ।

पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिन्हो र उनका भाइ रोबेर्टोलाई पक्राउ गरिएको थियो । पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन् । उनीहरु दुबै जना यही मामिलामा  पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन् । रोनाल्डिन्होले भने रिहाइको माग गरेका थिए। पाराग्वेको कानून अनुसार अनुसन्धानका लागि ६ महीना लाग्न सक्ने बताइएको छ।

रोनाल्डिन्होका ब्राजिली वकील सर्जिओ क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गरेका थिए । वकील क्वीरोका अनुसार  रोनाल्डिन्होले कुनै अपराध गर्नु भएको छैन किनभने उनलाई दिइएको पासपोर्ट नक्कली हो भन्ने उहाँलाई पनि थाहा थिएन ।

रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट गत साता पाराग्वे आइपुगेका थिए । विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए । यसअघिको लफडामा दाजुभाइबाट ८५ करोड डलर जरिवाना असुल गरिएको थियो । साथै उनीहरुको पासपोर्ट खोसेर विदेश जान रोक लगाइएको थियो । सन् २०१५ मा पनि ब्राजिल उनको कागजात र अदालती प्रकृयालाई लिएर विवाद भएको थियो। सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा महत्वपूर्ण खेलाडीका रुपमा रोन्हाल्डिनो पनि एक थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ