arrow

बाजुरादेखि हुम्लाको हिल्सासम्म सडक जोड्न सरकार तयारः रावल

logo
प्रेम रौले।
प्रकाशित २०७३ वैशाख ११ शनिबार
bhim-rawal-bajura.jpg.jpeg
बाजुरा। उपप्रधान तथा रक्षा मन्त्री भीमबहादुर रावलले बाजुराको विच्छ्यादेखि हुम्ला जिल्लाको हिल्लासम्म सडक जोड्न सरकार तयार रहेको बताएका छन्। बाजुरामा सडक विकासका लागि सरकार सधै सकारात्मक रहेको रावलले बताए। नगर अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै रक्षा मन्त्री रावलले बाजुराको विच्छ्या गाविसबाट हुम्लाको हिल्सामा सडक जोड्न सरकारले काम अगाडी बढाएको बताए। बाजुरबासीले खडेरीका कारण भोग्नु परेको खाद्यन्न अभाव हुन नदिनका लागि सरकारले खाद्यको व्यवस्था गरेकाले कुनै चिन्ता नमान्न उनले आग्रह गरे। 
 
संविधान निर्माण पछि संविधानलाइ पुर्णता दिनका लागि नेपाली काँग्रेसलाई सरकारमा आउन उनले आग्रह समेत गरे। उनले काँग्रेसको नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयन र दिगो बनाउनका लागि सरकारमा आउन रावलले आग्रह गरे। संविधानको कार्यन्वयन र संविधानका संशोधनका विषयमा छलफल गर्नका लागि सरकारमा आउनु जरुरी रहेको उनले बताए। संविधान कार्यानवयनका लागि एमाले र काँग्रेसले काधमा काध जोडेर संविधानलाइ मुर्त रुप दिन काँग्रेसलाई सरकारमा आउन रावलले अपिल गरे। 
 
एमालेको प्रथम नगर उद्घाटनमा बोल्दै मन्त्री रावलले संविधान निर्माण पछि अबको २ वर्ष भित्र सबै तहको निर्वाचन गर्नका लागि सरकार तयार रहेको बताए। रावलले शनिबारका दिन बाजुरा क्याम्पसको छात्रबास उद्घाटन,जिल्ला खेलकुद विकास समितिले निर्माण गर्न लागेको कबड हलको शिलान्यास र जिल्ला शिक्षा कार्यालय बाजुराले गरेको निःशुल्क शिक्षा अन्तरगत बालमन्दीरका निमाविका १ बालक र १ वालिकालाइ पुस्तक हस्तान्तरण समेत गरे। उपप्रधान तथा रक्षा मन्त्री रावलले जिल्लामा रहेका कोल्टी व्यारेक र देवीबक्स गुल्म व्यारेकको निरिक्षण गरे। हेलिकप्टररको प्रयोग गरेर एमाले नगर अधिबेशनको कार्यक्रममा बाजुरा आएका रावलले भने मौसमी खरावीका कारण वडिमालिकाको दर्शन भने गर्न पाएनन्। रावलसंग उनका एक दर्जन कार्यकर्ता हेलिकप्टरमा आएका थिए। रावल शनिबार नै अछाम कार्यक्रमका लागि गएको एमालेले जनाएको छ। 
 
नगर अधिबेशनमा बालबालिका झण्डा दिइ नारा लगाउन सहभागी गराइएका थिए। कार्यक्रममा सयौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ