arrow

अक्सफोर्डमा प्रा सुवेदीका नाममा पुरस्कार स्थापना

logo
प्रकाशित २०७६ चैत ३ सोमबार
surya-subedi.jpg

काठमाडौं । प्रा सूर्यप्रसाद सुवेदीका नाममा अक्सफोर्ड विश्वविद्यालयमा मानवाधिकार र विद्यावारिधिसम्बन्धी दुई वार्षिक पुरस्कार स्थापना गरिएको छ ।

पहिलो पुरस्कार सो विश्वविद्यालयको स्नातक तहको मानवाधिकार कानूनमा सर्वोत्तम अङ्क प्राप्त गर्ने व्यक्ति तथा  दोस्रो कानूनमा सर्वोत्कृष्ट विद्यावारिधिको शोधग्रन्थ प्रस्तुत गर्नेलाई प्रदान गरिनेछ ।

आफ्ना नाममा एउटा प्रतिष्ठित विश्वविद्यालयमा यस्ता पुरस्कार स्थापना भएकामा प्रा सुवेदीले प्रसन्नता व्यक्त गरे। ती पुरस्कारले प्रा सुवेदीले मानवाधिकार र अन्तरराष्ट्रिय कानूनको विकासमा दिएको विशिष्ट योगदानलाई चिरकालपर्यन्त जीवन्त राख्ने विश्वास गरिएको छ ।

प्रा सुवेदीले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९९३ मा विद्यावारिधि हासिल गरेका थिए । उनले अन्तरराष्ट्रिय कानून र मानवअधिकारका क्षेत्रमा असाधारण योगदान दिएको भनी गत वर्ष उनलाई अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधि प्रदान गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ