arrow

'कोरोना' सन्देशमुलक लोक दोहोरी गीत सार्वजनिक

logo
प्रकाशित २०७६ चैत ३ सोमबार
corona-songs-nepali.jpg

काठमाडौं। संसारभर महामारिको रुपमा आएको कोरोना भाईरसको बारेमा सचेतनामुलक लोक दोहोरी गीत 'कोरोना' सार्वजनिक भएको छ। कोरोना भाईरसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश लिएर डि.ए.आर मुभिजले सन्देशमुलक गीत सार्वजनिक गरेको छ।

गीतमा स्वर प्रभावन जे र सिता थापाको रहेको छ भने शब्द संकलन माधव थापाको रहेको छ। विष्णु तामाङ संगीत संयोजन रहेको गीतको सम्पादन कृष्ण गौतमले गरेका छन् भने राजाराम गौतम र श्रवण कुमार मिश्रले भिडियो निर्माण गरेका छन्। गोविन्दराम दाहाल, ईश्वरी दाहाल, रमा दाहाल, श्रीराम दाहाल र नमराज ढुंगानाले समन्वयमा गीत निर्माण गरिएको डि.ए.आर मुजिले जानकारी दिएको छ।

गीतलाई संचार माध्यमले निशुल्क जिंगलको रुपमा पनि प्रयोग गर्न पाउने गरि निर्माण गरिएको डि.ए.आर मुभिजका प्रभावन जे ले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ