arrow

पोखरा कपको उपाधि मनाङ मस्र्याङदीलाई

logo
प्रकाशित २०७३ वैशाख ११ शनिबार
पोखरा। मनकामना केवुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबले जितेको छ । 
 
कास्की जिल्ला फूटवल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा भएको सो प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा मनाङ मस्र्याङदी क्लबले त्रिभुवन आर्मी क्लबलाई शून्यका विरुद्ध पाँच गोलले पराजित गरी उपाधि जितेको हो । 
 
मनाङका अनिल गुरुङ र ओलावालेले दुई÷दुई गोल र सुजल श्रेष्ठले एक गोल गरी मनाङलाई उपाधि जिताएका थिए । खेलको पहिलो र १० औँ मिनेटमा अनिलले, ३४ र ५० औं मिनेटमा ओलावालेले र ३० औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए । 
 
मनाङले शसस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मी क्लवले धरान ११ लाई पराजित गरी फाइनलमा प्रवेश गरेका थिए । 
 
मनाङले उपाधिसहित रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता त्रिभुवन आर्मी क्लवले रु दुई लाख ५५ हजार ५५५ तथा शील्ड, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । 
 
प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित मनाङका क्याप्टेन अनिल गुरुङले एक थान मोटरसाइकल प्राप्त गरेका छन् । त्यस्तै, उत्कृष्ट किपरमा मनाङकै किरण चेम्जोङ, उत्कृष्ट डिफेन्डरमा त्रिभुवन आर्मीका विमल राना, सर्वाधिक पाँच÷पाँच गोल गर्ने गोलकर्ता शसस्त्र प्रहरीका रञ्जन विष्ट र मनाङका ओलावालेले जनही रु १५÷१५ हजार नगद प्राप्त गरे । 
 
राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशव विष्टले खेलाडीहरूलाई नगद पुरस्कार, शील्ड, पदक र प्रमाणपत्र वितरण गर्दै पोखरामा अन्तर्राष्ट्रियस्तरका खेलकूद कार्यक्रम गरिन लागेकाले यहाँको पूर्वाधार विकासमा परिषदले बजेट विनियोजन गर्ने जानकारी दिनुभयो । 
 
गत चैत ३० गतेदेखि सुरु भएको प्रतियोगितामा भारतको उडिया फायो एकेडेमी टीम र नेपालका ए डिभिजनका ११ समेत गरी १२ टीमको सहभागिता रहेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ