arrow

आईपीएल क्रिकेट: मुस्तफिजुरको शानदार बलिङले हैदरावाद बिजयी, दिल्लीले पनि जित्यो

logo
प्रकाशित २०७३ वैशाख ११ शनिबार
IPL_Mustafijur.jpg.jpeg
काठमाडौं। सनराईजर्स हैदरावादले किङ्गस ईलेवन पञ्जाबलाई ५ विकेटले पराजित गरेको छ। 
 
टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। सन मार्शले ४० रन बनाएका थिए भने अक्षर पटेलले १७ बलमा ३ छक्का र १ चौकाको मदतले ३६ रन बनाएका थिए। पटेलको पारीले पञ्जाबले सम्मानजनक स्कोर बनाउन सफल भएको थियो। 
 
हैदरावादका मुस्तफिजुर रहमानले किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडन सहित ९ रन खर्चिंदै २ विकेट लिएका थिए। त्यसैगरि मोईसेस हेन्रिक्सले पनि २ विेकट हात पारेका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको हैदरावादले १७.५ ओबरमा ५ विकेटको क्षतीमा १४६ रन बानउँदै जीत हासिल गरेको थियो। डेविड वार्नरले ३१ बलमा ५९ रन बनाएका थिए भने शिखर धवनले ४५ रनको पारी खेलेका थिए। 
 
२० बर्षिय मुस्तफिजुरको किफायती बलिङले पञ्जाबलाई ठूलो स्कोर बनाउन रोकेको थियो। टि-२० क्रिकेटमा ४ ओभरमा ९ रन दिने भनेको बिरलै हुने गरेको छ। बंगलादेशका मुस्तफिजुरले आफ्नो देशका साथै क्लबबाट पनि निरन्तर राम्रो खेलिरहेका छन्। खेलका प्लेयर अफ दि म्याच मुस्तफिजुर रहमान घोषित भएका थिए। 
 
दिल्ली- मुम्बई
 
दिल्ली डेयरडेविल्सले मुम्बई ईण्डियन्सलाई १० विकेटले पराजित गरेको छ। 
 
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १६४ रन बनाएको थियो। दिल्लीका सञ्जु सामसनले ६० रन बनाएका थिए भने जेपी डुमीनिले ४९ रनको योगदान दिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन मात्र जोड्न सफल भएको थियो। रोहित शर्माले ४८ बलमा ६५ रन बनाएका थिए भने क्रुनाल पाण्डेयाले १७ बलमा ३६ रन बनाएका थिए।
 
दिल्लीको सान्दार फिल्डिङका अगाडी मुम्बईले जित्न सकेन। मुम्बईका तीन बायट्सम्यान रन आउट भएका थिए। सण्जु सामसन प्लेयर अफ दि म्याच घोषित भएका थिए। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ