arrow

गोदावरीमा धमाधम बाढ्न थालियो चना र अण्डा

logo
रासस,
प्रकाशित २०७६ चैत ३ सोमबार
egg-in-hand1.jpg

गोदावरी । गोदावरीकी सरिता सिलवाल हाल २९ वर्षकी भइन् । उनमा अहिले पाँच महिनाको गर्भ छ । उनीले दोस्रो पटक जन्म दिन लागेकी हुन्  । उनी यस पटक अच्चममा परेकी छन्। गोदावरी नगरपालिका हाल वडा नं. ३ साविकको गोदावरीले लक्षित वर्गको पोषण अभिवृद्धि कार्यक्रम शुरुआत गरेसँगै उनी र उनीजस्ता महिलाका लागि यस वर्षदेखि धमाधम चना र अण्डा वितरण गर्न शुरु गरिएको हो ।

सरिताको गर्भ पाँच महिना लागेकाले उनीले भर्खरै वडाबाट एक क्रेट अण्डा पाएकी छन् । अण्डा लिँदै उनीले भनिन्, “आर्थिक अवस्था कमजोर भएका महिलाका लागि वडाले प्रभावकारी काम गरिरहेको छ । यस्तो राम्रो कार्यक्रम आजभन्दा पहिले मैले कहीँकतै र कहिलै पनि सुनेको थिइन् ।” वडाले पहिलो पटक गर्भवती महिला र सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखी यस कार्यक्रम अघि बढाएको हो ।

अर्की २५ वर्षीया सीता सिलवाल अहिले पाँच महिनाको गर्भवती छिन् । उनीले पनि सरिताले जस्तै वडाबाट एक क्रेट अण्डा पोषणका लागि पाएकी छन् । उनीले हातमा अण्डाको क्रेट थाप्दै भनिन्, “वडाले हामीजस्ता महिलाको स्वास्थ्यलाई ध्यानमा राखी अघि बढाएको कार्यक्रमले परिवारमासमेत थप सचेतना बढेको छ ।”

गोदावरी घर भएकी २७ वर्षीया विनु सिलवाल हाल आठ महिनाको गर्भवती छिन् । उनी गर्भवती भएको यो दोस्रो पटक हो । आफू गर्भवती रहेका कारण सरिता र सीताजस्तै उनीले पनि वडाबाट भर्खरै एक किलो चना पाउनुभयो । विगतमा गर्भवतीका लागि यस्तो कुनै पनि कार्यक्रम नरहेकाले घरका परिवारसमेत अच्चममा परेको उनीले बताउनुभयो । उनीले भनिन्, “वडाले मात्रै हैन नगरपालिकाभरिका सबै गर्भवती महिलाले यस्तो कार्यक्रममा भाग लिन पाउनु पर्नेछ । आफूलाई वडाले दिएकोे सुविधा अतुल्नीय छ । आफूले पाएको चनालाई उमारेर यसको दैनिक रस खानेछु । वडाले यस काम अघि बढाएसँगै हरेक घरका गर्भवती र सुत्केरीलाई पोषणको मात्र पुग्नुपर्छ भन्ने चेतना पनि बढेको छ ।” वडाले यस्तो सहयोगी कार्यक्रम गर्भवती महिलाका लागि हरेक महिना गरिदिए हुन्थ्यो भन्ने सिलवालको मत छ ।

वडाले आफ्ना नगरपालिकाभित्र रहेका गर्भवतीलाई चार चरणमा यस्तो सहयोग प्रदान गर्दै आएको छ । वडाले ‘फोर भिजिट’ कार्यक्रमअन्तर्गत चार महिनाका गर्भवतीलाई एक क्रेट अण्डा । छ, आठ र नौ महिनाको महिलालाई एक–एक किलो चना प्रदान गर्न शुरु गरेको वडा नं ३ की वरिष्ठ अनमी निरीक्षक माया भण्डारीले जानकारी दिइन्। उनीले भनिन्, “महिलाको मृत्युदर घटाउन र यहाँको स्वास्थ्य संस्थामा हरेक महिना नियमित जाँच गर्न आउने वातावरण सिर्जन गर्न यसले ठूलो सहयोग गर्नेछ ।” उक्त कार्यक्रम वडाका महिलाको स्वास्थ्य अवस्था सहजै थाहा पाउन सकिने सिलवालले बताइन् ।

वडाले आफ्नो क्षेत्रको शिशु कक्षमा बच्चा जन्माउने महिलाका लागि थप एक किलो चना दिने घोषणासमेत गरेको छ । नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरेसँगै आफूहरुले यस कार्यक्रमलाई अघि बढाएको वडा नं. ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले बताए। उनीले भने, “हाम्रो वडाका महिला यस कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुशी देखिनुहुन्छ ।” वडा नं ३ बाट शुरु भएको यो कार्यक्रम विस्तारै अन्य वडामा पनि लागू गर्ने नगरपालिका उपप्रमुख मुना अधिकारीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ