arrow

‘रेडियोधर्मी विधेयक’ पारित

अध्यागमन विधेयक विधायन समितिमा

logo
रासस,
प्रकाशित २०७६ चैत ३ सोमबार
upper-house1.jpg

काठमाडौं । राष्ट्रियसभाको मंगलबारको बैठकले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयक विसं २०७५ पुस ८ गते संसद्मा दर्ता भएको थियो ।

त्यसैगरी बैठकले ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले उक्त विधेयकमाथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयक गतवर्ष चैतमा संसद्मा दर्ता भएको थियो । राष्ट्रियसभामा उत्पत्ति भएको विधेयक प्रतिनिधिसभा हुँदै राष्ट्रियसभामा पुनःआएको हो । बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले शिक्षासम्बन्धी विभिन्न ऐनमा एकरुपता कायम गर्न र नेपालको संविधान अनुकूल बनाउन आवश्यक भएकाले विधेयक ल्याइएको जानकारी दिए ।

अध्यागमन विधेयक विधायन समितिमा
राष्ट्रियसभाको आजको बैठकले ‘अध्यागमन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाकातर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले ‘अध्यागमन विधेयक, २०७६’ लाई दफाबार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए  । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गर्दै विधायन व्यवस्थापन समितिमा पठाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ