काम गर्न पोर्चुगल पुगेका नेपालीमा कोरोनाको आशंका

प्रकाशित मिति : २०७६ चैत ३ सोमबार
फाइल तस्विर

काठमाडौं ।  वैदेशिक रोजगारीमा पोर्चुगल पुगेका नेपालीहरुमा कोरोना भाइरस सङ्क्रमणको आशंका गरिएको छ ।  कोरोना भाइरस सङ्क्रमणको आशंकामा ६० जना नेपालीलाई पोर्चुगलको क्वारेन्टाइनमा राखिएको छ ।

दक्षिणी पोर्चुगलको फारो शहरनजिकै नेपालीहरुको समूहमा कोरोना भाइरसको संक्रमण देखा परेको थियो । नेपाली रहेको समूहमा कोरोना भाइरसको संक्रमण देखा परेपछि उनीहरुलाई  क्वारेन्टाइनमा राखिएको हो ।

कृषि क्षेत्रमा काम गर्नका लागि वैदेशिक रोजगारीमा पोर्चुगल पुगेका नेपालीहरुलाई संक्रमण देखा परेको हो । पोर्चुगलमा यसअघि ७४ नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

 

नयाँ